
सैनामैना। देशभरका सम्पुर्ण पालिकाहरुमा राजनीतिक तापक्रम उच्च भएको छ।माओवादी काङ्ग्रेसको परमादेशी गठबन्धन सरकारले ढलेको सिङ्को पनि ठाडो गराउन नसक्ने कुराको आकँलन आमसर्वसाधारण देखि प्रतिपक्षमा रहेका पार्टी पङ्तिले गरेका छन ।
आज सैनामैना आयोजित बुद्धिजीवीहरुको भेलाले आम नागरिकलाइ सुर्यमा मतदान गर्न लगाइ देशलाई र पालिकालाइ उज्यालो मार्गमा लैजाने निर्णय गरेको छ।सैनामैनामा नेकपा एमाले समर्थक प्राध्यापक, शिक्षक, कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा बिपक्षी दलका नेता खिमलाल भट्टराइले देशको भविष्य बनागन सक्ने र देशलाइ व्यवस्थित तवरले सञ्चालन गर्ने सक्ने पार्टी नेकपा एमालेले मात्रै रहेको हुदा एमालेका सम्पुर्ण उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
चुनावी प्रचार प्रसारका लागि कृष्णप्रसाद पाैडेलको संयोजकत्वमा कमिटी बनाइएको छ। जसको सहसंयोजकमा रमेश भुसाल,नेत्र पुरी,भोजराज पाैडेल एक जना महिला पनि चयन गरिएको छ । यस्तै वडागत रुोमा पनि जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका व्यक्तिहरुले मत सर्वेक्षण सङ्गै चुनावि अभियानमा हातेमालो गर्नेछ ।
यस्तै नेकपा एमाले सैनामैना अध्यक्ष चेतनारायण न्याैपाने,प्रदेश सदस्य खुशिराम चाैधरी नगर प्रमुखका उम्मेदवार चित्रबहादुर कार्कीले पनि पार्टीका सम्पुर्ण उम्मेदवारलाई जिताउनका निमित्त एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ।
कार्यक्रम नेकपा एमाले सैनामैनाकोपार्टी कार्यालयमा सम्पन्न भएको हो।