ट्रेन्डीङ्ग

एकीकृत समाजवादीद्वारा सुनवलमा गठवन्धनले धोका दिएको आरोप

सुनवल।नेकपा(एस)का नवलपरासी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बृहस्पति अधिकारीले सुनवलमा गठबन्धनले धोका दिएको आरोप लगाउनु भएको छ।

सुनवल वडा नं ४ तुरिया स्थित नगरस्तरीय पार्टीको प्रचार-प्रसार कार्यलयमा पार्टीको प्रतीबद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपा(एस) केन्द्रिय सदस्य अधिकारीले सुनवलको गठबन्धनमा माओवादी र कांग्रेसले धोका दिएको आरोप लगाउनु भएको हो।

केही समय अगाडि गठबन्धन सङ्गको छलफल र आन्तरिक बैठकमा लिखित रुपमै नगर उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का अर्जुन सुनारलाई दिने निर्णय भएता पनि एका-एक षड्यन्त्रकै रूपमा नेकपा एमालेका लेखनाथ खरेललाई नेकपा माओवादीमा प्रवेश गराई गठबन्धनले नगर उपप्रमुखमा उम्मेदवार बनाई नेकपा (एकीकृत समाजवादी)पार्टी प्रती ठुलो घात गरेकोले सुनवल नगर भित्र आफ्नो पार्टीको कुनै पार्टी सङ्ग गठबन्धन नरहेको बताए।

पार्टी नयाँ भएता पनि सुनवलमा नगर प्रमुख र उपप्रमुख सहित १२ जना उम्मेदवार खडा गर्न सक्नुनै ठुलो सफलता रहेको र आगामी १० वर्षमा यो पार्टी देशकै प्रमुख पार्टी समेत बन्ने केन्द्रीय सदस्य अधिकारीले घोषणा समेत गर्नुभयो ।

उक्त प्रतीबद्धता पत्र सार्वजनिक एवं पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी )बाट सुनवलमा नगर प्रमुख र उपप्रमुखका उम्मेदवार क्रमशःमेनका मल्ल,अर्जुन सुनार,नगर अध्यक्ष एवं वडा नं ४ का वडा अध्यक्षका उम्मेदवार टेक बहादुर पुन लगायत पार्टीबाट सुनवल नगरमा उम्मेदवारी दिएका उम्मेदवारहरु,चुनाव प्रचार-प्रसार समितिका केन्द्रीय सदस्य टंक खनाल,जिल्ला अध्यक्ष यज्ञ खनाल, सचिवालय सदस्यहरू तेज प्रसाद पौडेल,राम बहादुर थापा,बिण्णु बराल,जिल्ला सदस्यहरु शुशिला देवकोटा लगायत नेकपा(एकीकृत समाजवादी)प्रती आस्था राख्ने नगरबासी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

केन्द्र स्तरबाट गठबन्धनले महानगरपालिका उपमहानगरपालिकाहरुमा तालमेल राम्रो गरेतापनि प्रदेश र जिल्ला स्तरमा तालमेल राम्रो हुन नसक्दा नगरपालिका र गाउँपालिकाहरुमा तालमेल राम्रो हुन नसकेको सर्ववितै देखिएको सो कार्यक्रममा पार्टीका वक्ताहरूले जानकारी दिदै पुरानो पार्टी परित्याग गरि नयाँ पार्टीमा प्रवेश गर्नेलाई हिजोको दिनमा जसरी नेकपा एमालेका केपी वलीले बढि प्राथमिकता दिए आज उनकै नक्कल गरि गठबन्धनले समेत त्यस्ता व्यक्तिहरुलाई प्राथमिकतामा राख्नु भनेको नेकपा एमाले जसरी नै गठबन्धन पनि जनताको अाशा र भरोसाबाट ओरालो लाग्नु हो उक्त कार्यक्रममा वक्ताहरुको यस्तो कथन बारम्बार दोहराइरहेको सो कार्यक्रममा २३ बुदे सुनवल नगरपालिकामा नेकपा(एस)को प्रतिबद्धता पत्र समेत पढेर सार्वजनिक गरिएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?