ट्रेन्डीङ्ग

एस निकट अनेरास्ववियूले बुझायो हिसानलाई ज्ञापनपत्र

काठमाडौ।बिद्यालय स्तरमा चरम रुपमा देखिएको शैक्षिक शुल्क वृद्धिको विरुद्ध अनेरास्ववियू काठमाडौ जिल्ला कमिटीले (हिसान) का केन्द्रीय अध्यक्ष रमेश सिलवाललाई  ध्यानाकर्षण गराई ज्ञापनपत्र बुझाईएको छ।
बुधबार अनेरास्ववियू जिल्ला कमिटी काठमाडौ अध्यक्ष एटम बिद्रोही सहित कमिटीका जिम्मेवार नेताहरु राजधानी स्थित पुरानो बानेश्वरमा रहेको गोल्डेनगेट कलेज पुगि हिसान अध्यक्षलाई ज्ञापनपत्र बुझाएका हुन।
यतिखेर शैक्षिक सस्थाहरुमा मनोमानी रुपमा शुल्क वृद्धि भईरहेको खबर विभिन्न सन्चार माध्यमहरु र विद्यार्थी अभिभावकहरुबाट दिनानुदिन आउने गरेको हुदा तेस्तो बिकृती रोक्न अनेरास्ववियूले ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको अध्यक्ष बिद्रोहीले बताए। अनेरास्ववियू काठमाडौ जिल्ला बिहिवार दिउसो प्याब्सन र एनप्याब्सन कार्यालय गएर ज्ञापनपत्र बुझाउने समेत जानकारी गराउनु भयो ।
यस्तो छ ज्ञापनपत्र

श्री अध्यक्ष ज्यू
प्याप्सन

ज्ञापन पत्र
नेपाली विद्यार्थी आन्दोलनको नेता संगठन, सडक आन्दोलनको अगुवा संगठन, सामाजिक रुपान्तरण र राजनीतिक , सास्कृतिक, आर्थिक तथा शैक्षिक आन्दोलन र परिवर्तनको नेत्तृत्वदायी संगठन अनेरास्ववियू आफ्नो स्थापनाकाल देखि नै विद्यार्थी हक हित , अधिकार , सामाजिक न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्दै आएको हामी सबैलाई सर्बविधितै छ।
मुलुकको राजनीतिक परिवर्तनका लागि संघर्षको मैदानमा शिरमा कफन बाधेर सतिशाल झै अडिग रहि सामाजिक न्याय, शैक्षिक रुपान्तरण र विद्यार्थी हक अधिकारको क्षेत्रमा अनेक एजेन्डा स्थापित गराउन सफल अनेरास्ववियूको नेत्तृत्वमा भएको आन्दोलनले विद्यार्थीहरुको हक, अधिकार र पढ्न पाउने मौलिक अधिकार सुनिश्चित भएको जगजाहेर नै छ।
पछिल्लो समय ३ बर्ष सम्म लगातार विश्व कोभिड १९ को महामारीले सबै क्षेत्र आक्रान्त छ। नेपाल सरकारले यसै परिस्थितिलाई मध्यनजर गर्दै रोकथामका अनेक विकल्पहरु अगाडि सारेको हामी सबैलाई सर्बविधित नै छ। कोभिडबाट केही मुक्ती पाउने आस आम अभिभावकहरुको हृदयमा जाग्दै गर्दा प्याप्सन सग सम्बन्धित निजि शैक्षिक सस्थाहरुले अवैज्ञानिक तवरले मनोमानी रुपमा अत्याधिक मात्रमा शुल्क वृद्धि गरेर गरिब विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने काम गरेको प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। मनोमानी रुपमा गरिएको उक्त कथित शुल्क वृद्धि ५ दिन भित्रमा तत्कालै फिर्ता लिई विद्यार्थीहरुको पढ्ने र पढ्न पाउने वातावरणलाई बौद्धिक रुपमा सहज बनाईदिनु हुन अनुरोध गर्दछौ। अन्यथा हाम्रो अनुरोधलाई बेवास्ता गरि शुल्क वृद्धि यथावत नै राखेको खण्डमा भोलि देखा पर्न सक्ने जस्तो सुकै परिस्थितिको जिम्मेवार स्वयं नै हुने कुरा समेत स्पष्ट रुपमा जानकारी गराउदछौ ।
हार्दिक अभिवादन सहित!
एटम बिद्रोही
अध्यक्ष

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal