ट्रेन्डीङ्ग

नेकपाका पुर्वजिल्ला सचिव जिसिद्वारा तिनाउ गापाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता

पाल्पा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाका पुर्व जिल्ला सचीव भुवन जिसिले तिनाउ गाउपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएको छ।नेकपाको समर्थनमा स्वतन्त्र उम्मेद्बारीहरुले मनोनय दर्ता गरेका हुन।

जिसि सहित जिल्लामा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरुमा तिनाउ गाउपालिकामा वडा नम्बर २ मा टोप बहादुर बिश्वकर्मा,वडा नम्बर ३ मा निर बहादुर बिक र वडा ४ नम्बरमा मान बहादुर दर्लामीले मनोनयन दर्ता गर्नु भएको छ।जिसि नेकपा पाल्पा जिल्लाका विशेष कमिटी सदस्य हुन्

त्यसैगरी तानसेन नगरपालिकाको वडा नम्बर १० मा कालिन्दार नेपाली,रिब्दिकोट गाउँपालिका २ नम्बर वडा अध्यक्ष दामोदर अधिकारी र रैनादेवी छहरा गाउपालिकामा ६ नम्बर वडा अध्यक्षमा नारायण केसी,७ नम्बर वडा अध्यक्षमा तुल्सीराम बिक उम्मेद्बारी मनोनयन गरेको पार्टी निकट श्रोतले जानकारी दिएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?