ट्रेन्डीङ्ग

एमालेबाट नवलपरासीका पालिकाका प्रमुख/उपप्रमुखको उम्मेदवार टुङ्गायो

परासी।पश्चिम नवलपरासीमा नेकपा (एमाले)ले सातै पालिकाका उम्मेदवारको टुंगो लगाएको छ।

बर्दघाट नगरपालिका गठबन्धन गरेको एमालेले अन्य पालिकामा भने एक्लै चुनावी प्रतिस्पर्धा गर्ने गरि उम्मेदवारको नाम घोषणा गरेको छ।
जस्तमध्ये बर्दघाट नगरपालिका र सुस्ता गाउपालिकमा जितेकालाइ प्रमुख र सुस्ताकी उपाध्यक्षलाई दोहिराएको छ भने सुनवल नगरपालिकामा गत निर्वाचनमा पराजित उम्मेदवारलाई दोहोराएको छ।

दोहोरिएका उमेदवारमा बर्दघाट नगरपालिकाको प्रमुखमा धीरज शर्मा र सुस्ता गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे हुनुहुन्छ भने सुस्ता गाउपालिकाकी उपाध्यक्ष इन्द्रकुमारी थरुनीलाई दोहोराएर उम्मेदवार बनाइको छ ।

जनमुक्ति संग बर्दघाटमा गठबन्धन गरेको (एमाले)ले जनमुक्तिकि तारा रानालाइ उपमेयरमा अगाडि सारेको छ भने रानाले सुर्य चिन्ह लिएर चुनाव लड्ने एमालेले जनाएको छ।

सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल र उपप्रमुखमा सूर्य दुबे छन् ।  अर्याल यसअघि पनि मेयरको उम्मेद्धार हुनुहुन्थयो । उहाँ नेपाली कांग्रेसका भिम बहादुर थापा सँग पराजित हुनुभएको थियो । अर्याल हाल एमालेको केन्द्रिय सदस्य तथा एमाले पश्चिम नवलपरासीको सहईन्चार्ज समेत हुनुहुन्छ ।

रामग्राम नगरपालिकाको प्रमुखमा धनपत यादव र उपप्रमुखमा लक्ष्मी क्षेत्री उमेदवार हुनुभएको छ । सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी चौधरी र उपाध्यक्षमा बासमती हरिजन छन् ।

पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा अफताब आलम अंसारी र उपाध्यक्षमा रिंगला यादव,प्रतापपुर गाउँपालिकाको अध्यक्षमा खेमनारायण चौधरी र उपाध्यक्ष थमसरा न्यौपाने (कमला) को नाम टुंगो लागेको एमाले जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal