ट्रेन्डीङ्ग

परासिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

परासी। पश्चिम नवलपरासीको परासी बाल मन्दिरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्दघाटन गरिएको छ। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश ध्रुब कुमार शाहको अध्यक्षतामा सो कार्यालय उद्घाटन गरिएको हो ।

न्यायधिश शाहले निर्वाचन कार्यतालीकाबारे जानकारी दिदै नवलपरासीमा भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन आफू प्रतिवद्ध रहेको बताउदै यसमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले निर्वाचनमा सुरक्षाको व्यवस्थापनका लागी कटिवद्ध रहेको बताउदै नागरिकले सहयोग गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सुरक्षा निकायका पदाधिकारीहरु,राजनितिक दलका पदाधिकारी,पत्रकार,निर्वाचन अधिकृत कार्यालयका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो।सो अवसरमा निर्वाचन कार्यक्रम अन्तर्गत स्थानिय तहको निर्वाचन कार्यक्रमको समय तालिका सार्वजनिक गरिएको थियो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी पश्चिम नवलपरासीका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

जिल्ला सहित सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालयको एकै साथ उद्घाटन गरिएको हो । कार्यालय खुलेसँगै जिल्लाका पालिकाहरुमा निर्वाचनका लागि निर्वाचन अधिकृतले तयारी थालेका छन। बर्दघाट नगरपालिकामा निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेल, सुनवल नगरपालिकामा लिलाधर अधिकारी,प्रतापपुर गाउपालिकामा केशवराज रिजाल,सुस्ता गाउपालिकामा खिमानन्द ज्ञवली, पाल्हीनन्दनमा नारायण पोखरेल र सरावल गाउपालिकामा चन्द्र बहादुर सिंजालीलाई निर्वाचन अधिकृतको रुपमा तोकिएको छ।

आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ। १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ र १५ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ । १६ गते उम्मेदवारले नाम फिर्ता लिने र बेलुका ५ देखि ६ बजे सम्ममा अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । साथै १७ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन कार्यक्रम रहेको छ भने बैशाख ३० गते मतदान हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal