ट्रेन्डीङ्ग

विप्लवका पुर्व जिल्ला सचिव भुवन जिसिद्दारा गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवारि घाेषणा

पाल्पा।विप्लवले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीका पुर्व जिल्ला सचिव भुवन जिसिले अासन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उमेदवारि घाेषणा गरेका छन् ।

जिसिले पाल्पाको तिनाउ गाउँपालिकाकाे अध्यक्षमा स्वतन्त्र उमेदवारि घाेषणा गरेका हुन।आफु निकट टिमकाे बैठक बसालि पार्टीबाट राजिनामा दिएर भए पनि स्थानीय तहकाे निर्वाचन उठ्ने घाेषणा गरेका हुन् ।

जिसि केही महिना अघिसम्म विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला समिति सचिव रहेर काम गरेका थिए।उनले निर्वाचनमा उठ्ने अासय बुझेपछि पार्टीले सेक्रेटरीबाट हटाएर उनको ठाउँ पुर्व लडाकु कमान्डर मीन बहादुर अाले “नेपाल”लाई सचिवमा १२ अाैं केन्द्रीय समितिकाे बैठकले चयन गरेको थियो ।

स्वतन्त्र उमेदवारि दिएका भुवन जिसि तिनाउ गाउँपालिकाकाे दाेभान बगाहामा स्थायी घर भएका व्यक्ति हुन् । उनी तत्कालीन नेपाली माअाेवादि जनयुद्धमा २०५८ सालमा वुटवल बहुमुखी क्याम्पसकाे अखिल(क्रान्तिकारी)बाट अाबद्द भई राजनीतिबाट पुर्णकालिन कार्यकर्ता भएर काम गर्दै अाएका जिल्ला मै अब्बल र तिक्ष्ण बुद्धि भएका चतुर्‍याइँ युवा हुन् ।

उनलेे कुनै पनि घटनालाई सहजै पहिल्याउन सक्ने र हल गर्न सक्ने कलात्मक क्षमता भएका व्यक्ति हुन् । यस्तै उनको टिमबाट तिनाउ गाउँपालिका २ नम्बर वडाबाट टोपबहादुर बिक, ३ नम्बर वडाबाट नीर बहादुर बिक र ४ नम्बर वडाबाट गणेस रास्कोटी समेत वडाअध्यक्षमा संयुक्त रुपमा स्वतन्त्र उमेदवारि घाेषणा गरेका छन् । यस्तै १ र ६ नम्बर डाअध्यक्षमा अाँकाक्षिहरु बढेपछि छलफलमा रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal