ट्रेन्डीङ्ग

सामी परियोजना पश्चिम नवलपरासीको अर्धवार्षिक समीक्षा बैठक सम्पन्न

सुनवल।सामी परियोजनाको पश्चिम नवलपरासीको सुनवलमा जिल्ला स्तरीय अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

पश्चिम नवलपरासीमा सदरमुकाम परासी र सेमरी गरि दुईवटा आप्रवासी स्रोत केन्द्र स्थापना गरि बैदेशिक रोजगारीलाई मर्यादित बनाउदै आइरहेको सामी परियोजनाको आ.व.२०७८/७९को अर्ध वार्षिक समिक्षा कार्यक्रम सप्पन्न भएको हो।

सामीमा वर्शभर २०४ वटा बैदेशिक रोजगारी सम्बन्धि समस्या दर्ता भएकोमा ११६ वटा समस्याको समाधान भएको र विशेष गरि पासपोर्ट र पैसा होल्ड,काम र तलबमा समस्या,मृत्युु ,बिमारी,विभिन्न समस्याले नेपाल फर्कन चाहने,जेल,सम्पर्क विहिन,भिजिट भिषाका समस्या आउने परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारीले उक्त अर्धवार्षिक समीक्षा कार्यक्रममा जानकारी गराउनु भयो।

जिल्लाका ६ वटा पालिका र नगरपालिकाका प्रमुख,उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत ,लेखा अधिकृत,सुचना अधिकारी ,रोजगार संयोजकहरु ,सेवा प्रदायक संस्था इन्द्रेणी समाजिक विकास मञ्चका पदाधिकारी,हेल्भेटास नेपालका प्रदेस अधिकृत जिया उल हक,डिप्रोक्स नेपालका वित्तीय साक्षरता क्षेत्रिय संयोजक सिध्दि सिवाकोटी ,सिएमसि नेपालका विनय महर्जन,आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका अध्यक्ष रामु भुषाल ,सामी परियोजनाका कर्मचारी लगायत सरोकारवालाको उपस्थिति रहेको ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले सामी परियोजना सङ्ग सहकार्य गर्दै नगर र जिल्लामै विधमान बैदेशिक रोजगारीका समस्यालाई केही हदसम्म न्युनिकरण गर्न सफल भएको र अगामी दिनमा समेत यो सम्बन्ध रहिरहनु पर्नेमा जोड दिनु भयो।

बर्दघाट नगर उपप्रमुख माया देवि पौडेलले सामी परियोजनाले आप्रवासी स्रोतकेन्द्र ,रिट्रनी स्वयमसेवक,गहन/सामुदायिक कार्यक्रम,वित्तीय साक्षरता र मनोपरामर्श कक्षा र मनोपरामर्श सुविधा जस्ता क्रियाकलापबाट समाजमा चेतना फैलाइरहेको र यसको परिणाम तथ्याङ्कको रूपमा यसै कार्यक्रमबाट समेत प्रष्ट भएको हुदा आफु र आफ्नो नगरपालिका सामी परियोजना प्रति कृतज्ञ रहेको समेत जानकारी गराउनुभयो।

त्यसैगरी पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले परियोजनाले आमनागरिकलाई वैदेशिक रोजगारीको सवालमा सचेत गरायेको धारणा राख्नु भयो।

अन्य वक्ताहरुले सामी परियोजना हरेक पालिका र नगरको आफ्नै परियोजना भएकोले सबैले अपनत्व लिनु पर्ने बताएका थिए। सो कार्यक्रममा इन्द्रेणी सामाजिक बिकास मन्च का कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदिको स्वागत मन्त्ब्य रहेको थियो भने कार्यक्रम को सन्चालन मनोपरामर्स कर्ता सुमित्रा चौधरीले गर्नु भएको थियो।

सामी परियोजना नेपाल सरकार र स्वीस सरकार बिचको दुईपक्षिय परियोजना हो।श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा यो परियोजना संचालित छ भने यसलाई प्राविधिक पक्षमा हेल्भेटास नेपालले सहयोग गर्दै आइरहेको छ।पश्चिम नवलपरासीमा यो परियोजना स्थानीय सरकारहरु र सेवा प्रदायक संस्था इन्द्रेणी समाजिक विकास मञ्च मार्फत कार्यन्वयन हुँदै आइरहेको छ।

सामी परियोजना स्वदेशमा नै रोजगारी गरौ,बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाऔ”भन्ने नारालाई अबलम्बन गर्दै बैदेशिक रोजगारीलाई मर्यादित बनाउन नेपालका उन्नचालिस जिल्लामा संचालित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal