
बुटबल।नेकपा(माओवादी केन्द्र)बुटवल उप महानगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले पार्टीको नगर अध्यक्षमा महेन्द्र भुसाललाई चयन गरेको पार्टी जिल्ला संयोजक निर्मल जिसीले बताए।
जसको उपाध्यक्षमा नमनारायण घिमिरे, मिना घर्ती र सुधन अधिकार रहेका छन् । सचिब सागर न्यौपाने,सह सचिबमा राजु गौडल र कोषाध्यक्ष राजु कालिराज निर्वाचित भएका छन।
पार्टी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जित्ने गरी निर्वाचनमा निर्णय गरेको बताईएको छ ।
समितिका जेष्ठ सदस्य यामलाल भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख पार्टी नेताहरू निमानन्द गैरे,निर्मल जिसि,पुष्पराज ढकाल,तिर ब रोका,माधब बस्नेत लगायतको उपस्थिति रहेको थियो।
नगर अधिवेशनबाट पदाधिकारी चयन गर्न नसकेको माओवादी केन्द्रले चुनाबको मुख पदाधिकारी विवाद टुङ्याउदै निर्वाचनमा होमिने निर्णय गरेको हो।