ट्रेन्डीङ्ग

निर्वाचनमा परिवर्तनकारी शक्ति एक भएर जान्छौ:मन्त्री भुसाल

अनिल नेपाली,अर्घाखाँची १२ चैत ।नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रकी प्रभाबशाली महिला नेतृ तथा उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालले नेपालमा राजनितिक क्रान्तिको अन्तय भई देश अब आर्थिक विकास र समृद्धि युगमा प्रबेश गरेको बताउनुभएको छ।

प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भुसालले यस्तो बताउनुभएको होे।

मन्त्री भुसालले विगतमा मुलुकलाई राजनितिक निकास दिनका लागि देशमा रहेका दुईवटा पार्टीको बाम एकता भनेर केही समय पार्टी एकता भएपनि प्रतिगमनकारी कारण मुलुकले निकास पाउन नसकेको बताउदै मुलुकलाई निकास दिन सविधान बचाउनका लागि देशभक्त परिबर्तनकारी राष्ट्रबादीको एउटा शक्ति रहेको बताउदै त्यो शक्ति अबका निर्वाचनमा समेत मिलेर जानेर देशलाई निकास दिने बताइन।

भुसालले अझै पनि मुलुकमा प्रतिगमनको खतरा रहेको बताउदै त्यसका लागि आफुहरु एक रहेको बताउदै जनताको जीवनस्तर माथि उठाउने सविधानले परिकल्पना गरेको समाजबादका लागि निरन्तर लागि पर्ने बताइन।

कार्यक्रम प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा अर्घाखाँची ईन्चार्ज अशोक खनालको अध्यक्षता प्रेस सेन्टर नेपालका नेता कुलराज बन्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal