ट्रेन्डीङ्ग

प्युठानबाट दाङ आउँदै गरेको  बस दुर्घटना हुँदा ३० जना घाइते

चैत ५,दाङ । प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्।
प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस शनिबार मध्याह्न दुर्घटना हुदा ३० जना भएको र घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले बताए ।

‘दुर्घटना साढे १२ बजेतिरको हो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी छ,’ डिएसपी थापाले भने।

दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य चौकीमा पुर्‍याउने कार्य जारी रहेको डिएसपी थापाले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal