ट्रेन्डीङ्ग

लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता नवलपरासीमा हुने

रामु भुसाल,चैत २, बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट १२ भटवलियामा प्रथम लुम्बिनी प्रदेश स्तरिय सि.एच.आइ.टि.एफ. तेकवान्दो प्रतियोगिता हुने भएको छ ।

नवलपरासी चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघ बर्दघाट १३ को आयोजनामा यही चैत्र ५ गते शनिबार बर्दघाट १२ भटवलिया स्थित बुद्धमंगल कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने बुधबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको छ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष नितेन कुमार रौनियारले महिला र पुरुष स्पेयरिंग र प्याट्न प्रतियोगिता अन्र्तगत महिलाहरुका लागी २० देखी २५ र ४५ देखी ५० किलो त्यस्तै पुरुषहरुका लागी २० देखी २५ र ६० देखी ६५ किलो एकल स्पेरिंग प्रतियोगिता र महिला र पुरुष एकल प्यार्टन प्रतियोगिता अन्तर्गत महिलाहरुका लागी पहेलो र रातो बेल्ट त्यस्तै पुरुषहरुका लागी पहेलो र ब्ल्याक बेल्ट प्रथम डन प्रतियोगिता हुनेजानकारी दिनुभएको छ ।

प्रतियोगितामा २५ स्वर्ण,२५ रजत र ५० कास्य पदक रहने बताउदै प्रतियोगितामा लुम्बिनी प्रदेशका पाल्पा,रुपन्देही,गुल्मी,अर्घाखाची र नवलपरासी पश्चिम गरि ६ जिल्लाका करिब २ सय ५० प्रतियोगिले भाग लिने जानकारी दिनुभयो।

प्रतियोगितामा करिब साडे २ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष रौनियारले बताउनुभयो ।प्रतियोगिता मा उत्कृष्ट हुने प्रतियोगी लाई केन्द्रिय प्रतियोगिता मा सहभागी गराइने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?