ट्रेन्डीङ्ग

हलो चुनाव चिन्ह नपाए स्थानीय चुनाव बहिष्कार गर्छौ:अध्यक्ष लिङ्देल

बाके। राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने अध्यक्ष राजेन्द्र लिङ्देलले घोषणा गरेको छ्न।

आज नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र सो घोषणा गरेका हुन् ।

लिङदेनलाई उद्वृत गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने,‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको छ । यदि निर्वाचन आयोगले हामीलाई हलो चुनाव चिन्ह नदिएको खण्डमा हामी स्थानीय चुनावमा भाग लिँदैनौं ।’

राप्रपाले अघिल्लो संसदीय चुनावमा थ्रेस होल्ड पुरा गर्न नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाउन सकेको थिएन ।

आयोगले राष्ट्रिय पार्टी नरहेका दलहरुलाई सिंगो चुनाव चिन्ह नदिने नीति लिएपछि साना दलहरु आन्दोलित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal