ट्रेन्डीङ्ग

पेट्रोलियम पदार्थको खपत घटाउन मन्त्री पम्फा भुसालको आग्रह

फागुन २८, काठमाडौ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको खपत घटाउन आह्वान गर्नुभएको छ ।
भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएको भन्दै पेट्रोलियम पदार्थको खपत सकेसम्म घटाउन आह्वान गर्नुभएको हो ।

उहाँले अत्यावश्यक बाहेक सवारी साधन प्रयोग नगर्न तथा विद्युतीय सवारी तथा उपकरणहरुको प्रयोग बढाउन, ग्याँसको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न ,विद्युत् सस्तो भएको र खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको भन्दै आफ्नै देशमा उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गर्नुभयो ।
अहिले पनि पेट्रोलियम पदार्थ घाटामा बेचिरहेको र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढिरहेकोले अहिलेका लागि प्रयोग घटाउनु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

विद्युतको माग धान्न सक्ने अवस्थामा रहेको, मूल्य समायोजन गरेको र विद्युतको प्रयोगमा सहुलियतका विभिन्न व्यवस्था रहेको चर्चा गर्दै मन्त्री भुसालले सबैको पहलबाट पेट्रोलियम पदार्थको खपत घटाउन सकिने र यसबाट पेट्रोलियम पदार्थ नियमित प्राप्त गर्न सहज हुने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?