ट्रेन्डीङ्ग

रौतहटमा भारतिय गाडिको ठक्कर बाट एक महिलाको मृत्यु

फागुन २८, रौतहट ।
रौतहट गुजारा नगरपालिकामा भारतीय गाडीको (स्कोर्पियो) ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्कि एक महिला घाइते भएकी छिन ।

विआर ०५ पिए ५००० नम्बरको गाडीको ठक्करबाट गुजारा नगरपालिका ३ की ४० वर्षीय गीतादेवीको घटनास्थलमै मृत्यु भएको छ ।
महिलालाई ठक्कर दिएलगत्तै आक्रोशित स्थानीयवासीको भीडले गाडीमा आगजनी गरेका छन् । गाडी पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रमुख लिलाराज लामिछानेले बताए ।
जथाभावी चलाइएको उक्त गाडीको ठक्करबाट थुप्रै खसी बाख्रा मरेको प्रहरीको भनाई छ । स्थानीयवासीका अनुसार गुजाराको पशुपति टोलमा भएको एक विवाह कार्यक्रममा आएका जन्तीले मदिरा सेवन गरेर गाडी चलाउँदा सो दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal