
कपिलवस्तु,विजयनगर ।कपिलवस्तुमा एक विद्यालयकाे रकम हिनामिना गरेकाे पाइएको छ । विद्यालयकाे ७० हजार रुपैयाँ हिनामिना गरिएकाे रहस्य बाहिरिएकाे छ । जिल्लाकाे विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ मा अवस्थित जनचेतना आधारभूत विद्यालय गाेबरहवाकाे आर्थिक रकम हिनामिना गरिएको खुलासा भएको पाइएको छ ।
२०७७ सालमा फेरु थारु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएकाे बेलामा भाइका छाेरा (भतिजो) कृपाल चाैधरीलाई ५० हजार रुपैयाँ नगद दिएकाे जनाए । उनले उक्त रकम एक हप्ताभित्रै फिर्ता गर्ने भन्दै लगेकाे रकम अझैसम्म विद्यालयलाई नबुझाएको अध्यक्ष थारुले बताए ।
थारुले आफू विद्यालयकाे अध्यक्ष भएकाे बेला विद्यालयकाे जग्गामा नदीजन्य पदार्थ डम्पिङ गर्नका लागि मनकामना कन्ट्रक्शन प्रा.लि. कम्पनीसँग ७० हजार रुपैयाँमा सम्झाैता गरेका थिए । उनले २०७७ सालमा मनकामना कन्ट्रक्शन कम्पनीसँग सम्झाैता गरि काराेबार गरेका हुन् । मनकामना कन्ट्रक्शन कम्पनीसँग ५० हजार रुपैयाँ बुझेकाे उनले जनाए । फेरु थारुले कृपालले फिर्ता नगर्दा २ वर्ष बित्नै लाग्दा विद्यालयलाई बुझाउन नसकेकाे दाबी गरे ।
विद्यालयकाे जग्गामा डम्पिङ गरे वापत कम्पनीले सम्झाैता गरे बमोजिम कम्पनीसँग ५० हजार रुपैया बुझेकाे तर कृपाल चाैधरी आफ्नै घरकाे छाेराे पर्ने भएकाे विश्वासले तत्काल काम चलाउन पैसा दिएकाे उनकाे भनाइ छ । वर्तमान विद्यालय व्यवस्थापन समितिले पटक-पटक रकम बुझाउन आग्रह गरे पनि अझैसम्म दिन नसकेको अध्यक्ष थारुले बताए ।
कृपाल चाैधरीले अध्यक्ष काकालाई बाँकी थप २० हजार रुपैयाँ बुझाउने भन्दै ठेकेदारसँग मागेकाे पनि रहस्य पनि बाहिरिएको छ । तर कृपाल चाैधरीले न त अध्यक्ष, न त प्रधानाध्यापकलाई बुझाएका छन् ।
यता मनकामना कन्ट्रक्शन कम्पनी पक्षले ५० हजार अध्यक्ष फेरु थारु र २० हजार रुपैयाँ कृपाल चाैधरीलाई बुझाएको जनाएको छ । स्थानीय कृपाल चाैधरीले ७० हजार रुपैयाँ नै ठेकेदार कम्पनीसँग बुझेकाे व्यवस्थापन समिति समक्ष स्वीकार गरेका छन् ।
विद्यालयकाे आन्तरिक कार्यका लागि आवश्यक परेपछि व्यवस्थापन समितिले कृपाल चाैधरीलाई उक्त रकम विद्यालयमा गत साउनदेखि अहिलेसम्म १० औँ पटक बुझाउन अनुराेध गरे पनि विभिन्न बहाना देखाउँदै आलटाल गर्दै आएकाे व्यवस्थापन समितिले जनाएको छ ।
यता विद्यालयका प्रधानाध्यापक ओेेबी कुमारी माेहराले कृपाल चाैधरीले विद्यालयलाई रकम नबुझाएको बताइन् । उनले दुर्गा प्रसाद मिश्र विद्यालयकाे प्रधानाध्यापक रहेकाे बेला सम्झाैता भएकाे बताउँदै त्याे रकम विद्यालयमा अहिलेसम्म नआएकाे र आफूलाई उक्त विषयमा थप कुनै पनि जानकारी नभएकाे उल्लेख गरिन् ।
कृपाल चाैधरी गाउँघरमा जनताका अगाडी एक इमानदार व्यक्तिकाे रुपमा देखिए पनि भित्र चरम भ्रष्टाचारमा लिप्त हुँदै गैरकानुनी काम गर्दै आएका छन् । उनी राजनीतिक आडमा आफ्नै ट्रेक्टरमा दिनदाहाडै घर नजिकै रहेकाे बिशवा र गंगटे खाेलाबाट चाेरी निकासीसमेत गर्दै आएकाे स्थानीयले बताउँछन् ।
स्थानीयका अनुसार कृपाल चाैधरी अहिले विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ काे कार्यालयमा कर्मचारीकाे रुपमा कार्यरत रहेका छन् । विजयनगर गाउँपालिका थारु कल्याणकारीणी सभाका सभापतिसमेत रहेका चाैधरीले पछिल्लो समयमा आर्थिक लेनदेनकाे काराेेबारमा हिनामिना र अनियमितता गर्दै आएकाे एक स्थानीयले नाम नखुलाउने शर्तमा बताए ।
उनी केही वर्ष पहिला एक सामुदायिक बनकाे अध्यक्ष हुँदा बनबाट लाखाैँकाे काठकाे चाेरी निकासी गरि तस्करी गर्दै आएका थिए । उनकाे अबैध धन्दामा संलग्नता बढ्दै जाँदा एक पटक तस्करी काराेबारमासमेत मुछिएकाे स्राेतले जनाएको छ । व्यवस्थापन समिति र अभिभावक तथा स्थानीय चाैधरीले गरेकाे क्रियाकलापप्रति आक्राेशित भएका छन् ।