ट्रेन्डीङ्ग

नेपाली कांग्रेस पाल्हीनन्दन वडा ३ कार्यसमितिको भेला सम्पन्न,महिला तथा युवा समिति गठन

परासी,२५ फागुन । नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका वडा ३ को वडा कार्यसमितिको शनिवार २१ भेला सम्पन्न भएको छ । वडा सभापति मोहन गोसाईको अध्यक्षता तथा प्रतिनिधिसभा क्षेत्रका क्षेत्रिय सभापति माधव पाण्डेको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो।भेलाबाट बेलासपुर छोटका टोल र बडका टोलमा महिला तथा युवा समिति पनि गठन भएको छ ।कार्यक्रममा प्रमुख अतिथि माधव पाण्डेले पार्टीको संगठनलाई मजबुद बनाउन पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई एकजुट भई लाग्न आग्रह गर्नु भयो । त्यस्तै विशेष अतिथि युवा समाजसेवी पाटीको स्थानिय नेता ब्रहमानन्द लोहारले,पार्टीका सबै भातृत्व संगठनहरुलाई जागृत गर्न आवश्यक रहेको भन्दै पार्टीको टोल टोलमा महिला,युवाका समितिहरु विस्तार गर्न जरुरी रहेको बताउनु भयो । नेता ब्रहमानन्दले पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन समितिहरुको विस्तार गर्दै जनताको दैलोदैलोसम्मा पुग्न आवश्यक रहेको भन्दै पार्टीका घोषणा पत्र र पार्टीको विचार र एजेण्डाहरुलाई उजागर गर्दै जानु पर्ने सुझाव दिनु भयो ।

भेलामा युवा नेत्रृ एवं पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहार, पार्टीको क्षेत्रिय सहसचिव उपेन्द्र गुप्ता, युवा नेता तबरेज आलम खान, पार्टीको पाल्हीनन्दन गाउँपालिका सभापति हरिहर चौहान, क्षेत्रिय प्रतिनिधि हिरालाल गुप्ता,स्थानिय नेता राजनरेश दास, युवा मेराज अलि देवान,लगायतले संगठनलाई मजबुद बनाउन आवश्यक रहेको बताए ।भेला कार्यक्रममा गठित महिला तथा युवा समितिहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको थियो । भेलामा करिब ५ सय कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal