ट्रेन्डीङ्ग

तनहुँको एक हार्डवयरमा आगलागी

फागुन २२, तनहुँ । तनहुँकाे दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो ।

विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भएकाले सल्केको आगो छिट्टै फैलिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेका अनुसार अहिलेसम्म त्यहाँका सात वटा घर जलेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगो निभाउनका लागि काठमाण्डौदेखि पानीसहित सिम्रिक एयरको हेलिकप्टर उडिसकेको छ । यस्तै, आगोलाई फैलनबाट रोक्न डोजरले घर भत्काउने काम पनि भइरहेको छ ।

यस्तै, आगो निभाउन चितवन, लमजुङ, पोखरालगायत ठाउँबाट समेत दमकल मगाइएको उहाँले जानकारी दिनुभयो ।                             तस्बिर सौजन्य:प्रकाश अधिकारी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?