
अनिल थारु , कपिलवस्तु । कपिलवस्तुमा विप्लव नेतृत्वको नेकपा सहित नेकपा ( मशाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा,देशभक्त जनगणतान्त्रीक मोर्चा र नेकपा मालेको संयुक्त आयोजनामा राष्ट्रघाती एमसिसी विरुद्ध बिरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको हो। जिल्लाको इमिलियामा कोणसभा मार्फत एमसिसी खारेजीका लागि प्रदर्शन गरिएको संयुक्त दलहरुले जनाएका छन।
कोणसभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सचीव कमल केसीले राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध बलिदान गर्ने तर कुनैपनी हालतमा देश बेच्न नदिने उद्घोष गर्नुभएको हो। उहाले एमसिसी मार्फत चिनमाथी आक्रमण गर्ने र नेपाललाई रणमैदान बनाउने अमेरिकी साम्राज्यवादको सपना पूरा हुन नदिने जिकिर समेत गर्नुभएको थियो। नेपालको कानुन भन्दा माथी हुने, बहुमुल्य खनिज पदार्थहरुको दोहन गर्ने अमेरिकी रणनीति नेपाली जनताले प्रष्ट बुझेकाले कुनैपनी हालतमा एमसिसी पास हुन नदिने केसीले बताउनु भयो।
कोणसभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा अखिल नेपाल टेय युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य पिताम्बर आचार्य लगायत नेताहरु सम्बोधन गरेका थिए ।
कोणसभा कार्यक्रम संचालन शिवराज नगर सेक्रेटरी पाबेलले गर्नुभएको थियो।