ट्रेन्डीङ्ग

सम्वन्ध विच्छेदको मुद्धालाई मेलमिलाप गर्न अदालतको फैसला

फागुन ८ ,बुटवल।सम्वन्ध विच्छेद गर्न भनि अदालतमा पुगेको दम्पत्तिको मुद्धामा मेलमिलापको फैसला अदालतले सुनाएको छ ।

करिव चार वर्ष जति श्रीमान श्रीमतीको नातालाई अन्त्य गर्ने भन्दै अदालतमा पुगेका दम्पत्तिलाई न्यायधिस करुणा ढुंगाना र विन्दु श्रेष्ठको संयुक्त इजालसले मेलमिलाप गर्ने फैसला गरेको हो। जसमा वादिका तर्फबाट निरुता थापा,सिर्जना भुसाल,पवित्रा धिमिरे र शान्ता घिमिरेले बहस गरेका थिए भने प्रतिवादिका तर्फबाट समिर अधिकारी,दिलिप विस्ट,रंगेज र नन्दलालले वहस गरेका थिए।

यो सत्यता नभई कानुन पढ्ने विद्यार्थीहरुले गरेको अदालती अभ्यासमा मात्र थियो ।रुपन्देहिको वुटवलमा अवस्थीत अन्नपुर्ण मोडल कलेजमा अध्ययनरत कक्षा १२ का कानुन पढ्ने विद्यार्थीहरुले अदालति अभ्यासमा विभिन्न भुमिकाहरु निर्वाह गरेका हुन् ।

अदालती अभ्यासमा अन्नपुर्ण मोडल कलेजका अध्यक्ष डा. धर्मराज भट्टराई,अधिवत्ता डा.नारायण वेल्वासे,कलेजका डिसेपेलेन ईन्चार्ज विकास भट्राई साथै शिक्षक ज्ञानेश्वर भण्डारीे र कानुन पढ्ने कक्षा १२ र ११ का विद्यार्थीहरुको उपस्थीति रहेको थियो।

अन्नपुर्ण मोडल कलेजमा कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन , मानविकि ,शिक्षा साथै कानुनका विषयहरु पठन पाठन हुने गर्दछ । त्यस्तै स्नातक तर्फ वि.ए र वि एस.डब्लु साथै स्नातकोत्तर तर्फ एम.ए आर.डि अध्ययन अध्यापन भैरहेको कलेजले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal