ट्रेन्डीङ्ग

एमसिसी खारेजीको लागि जस्तोसुकै मुल्य चुकाउन तयार छौ:नेकपा नेता सुमन

नवलपरासी।नेकपा नवलपरासीका विशेष समिति सदस्य सुमनले एमसीसी खारेजीकोलाई जस्तोसुकै मुल्य चुकाउन तयार भएको बताएका छ। एमसिसी सम्झौताको विरुद्धमा नवलपरासीको बर्दघाटमा भएको कार्यक्रम सुमनले उक्त कुरा बताएका हुन।

एमसिसी सम्झौताको खारेजि माग गर्दै पश्चिम नवलपरासी सहित देशैभर बिरोध प्रर्दशन भएको छ । सोही क्रममा जिल्लाको बर्दघाटमा एमसीसीको खारेजीको माग गर्दै जुलुस तथा कोणसभा गरिएको छ।

जिल्लामा पाँच कम्युनिष्ट पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा भएको र्‍याली बसपार्क हुदै त्रिवेणीचोक नगरपालिका लाइन हुदै हाटबजारका कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा विप्लव नेकपामा बिशेष जिल्ला समिति सदस्य गंगा प्रसाद ज्ञवाली सुमनले अमेरिकी साम्राज्यावादलाई लखेट्न जस्तो सुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गर्नुभयो।

नेकपा(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी छविलाल खरालले एमसीसी खारेजीको बिकल्प नभएको बताउनुभयो।उहाँले राष्ट्रघाती एमसीसी खारेजीको अभियानमा सबै देशभक्त लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारीले राष्ट्रवादी शक्तिहरु एकताबद्ध भएर देश जोगाउन अगाडि बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (मसाल)का जिल्ला प्रबक्ता धनपति सापकोटा , राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा रक्तिम अभियानका अध्यक्ष रेम रानालागयतले सम्बोधन गर्दै एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग रहेकोले खारेज गर्नुपर्ने बताउनुभयो।

कार्यक्रम विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक सन्देश सापकोटाको संचालनमा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal