ट्रेन्डीङ्ग

विप्लव नेकपा सहित ६ दल एमसिसी विरुद्ध थप सर्घष गर्दै

परासी।नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र दुई मोर्चाले एमसिसी सम्झौता विरुद्ध थप सर्घष गर्ने घोषणा गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विरुद्धमा ६ पार्टी र दुई मोर्चा संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।

कार्यक्रम अनुसार राष्ट्रघाती एमाससी सम्झौताको विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले ६ गते देशभर प्रदर्श गर्ने भएका छन् । काठमाडौँमा भने माइतघरदेखि नयाँ बानेश्वरसम्म संयुक्त विरोध र्‍यालीको आयोजना गरिएको नेकपाले जनाएको छ ।

नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले उक्त आन्दालनका कार्यक्रमहरु तय गरेको हो ।राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धको संघर्ष झन पेचिलो र सशक्त वन्दैगैरहेको छ ।’ संघर्षका कार्यक्रमबारे जानकारी दिन जारी विज्ञप्तिमा भनिएको छ, ‘एकातिर अमेरिकी साम्राज्यवाद र तिनका दलाल संसदवादी दलहरु एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गर्दैछन भने अर्कोतिर राष्ट्रिय स्वाधीनताको रक्षाको देशभक्तिपूर्ण संघर्षमा देशभक्त जनसमुदायको तीव्र ध्रुविकरण भैरहेकोछ ।’

विज्ञप्तीमा फागुन ४ को नेपाल बन्दको क्रममा काठमाडौमा घाइते भएका सुरेश श्रेष्ठ, हरिकृष्ण गजुरेल, बसन्त वुढाथोकी, शारदा महत, शिलु न्यौपाने, सुनिता बुढाथोकी र निर्ग नविनको सम्पूर्ण उपचार निःशुल्क गर्न माग गरिएको छ ।

साथै, फागुन ४ को नेपाल बन्दकै क्रमा कोटेश्वरबाट पक्राउ परेका मंगल तामाङलाई विनाशर्त तुरुन्त रिहा गर्न गम्भीर अपील समेत गरिएको छ ।

‘अमेरिकी साम्राज्यवादले जबर्जस्त लाद्न खोजेको एमसिसीको विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाको यो संघर्षलाई सफलभुत बनाउन आम देशभक्त नेपाली जनसमुदायसंग गहिरो अपीलसहित थप कार्यक्रमहरु तय गरेका छौ।’ विज्ञप्तिमा भनिएको छ ।

मोर्चामा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वका नेकपा माओवदी केन्द्र समाजवादी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चाका र आहुती नेतृत्पको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?