ट्रेन्डीङ्ग

संयुक्त मोर्चाको बन्दले उदयपुरमा प्रभाव,एमसिसी पासगर्नेलाई सडक बाटै लखेट्ने चेतावनी

अनिता गजमेर ,उदयपुर। एमसीसी सम्झौता खारेजीको माग गर्दै गरिएको नेपाल बन्दको प्रभाव उदयपुरमा व्यापक रुप ले परेको छ । नेपाल कम्युनिस्ट पार्टी सहित अन्य पाँच दल र एक माेर्चाको संयुक्त आयोजनामा आह्वान गरिएको नेपाल बन्दकाे प्रभावका कारण सवारीसाधन, बजार सुनसान भएको थियो ।

नेपाल बन्द सफल पार्न उदयपुरको कटारी नगरपालिका ,बेलाका नगरपालिका चौद्ण्डी गढी नगरपालिका र त्रियुगा नगरपालिकामा बिहानै देखि नेकपा लगाएतको पार्टीका नेताकार्यकर्ता सडकमा खटिएका थिए बन्दको कारण यहाँका उद्योग धन्दा,यातायात ब्याबसाय ,शौशिक संस्था लगायत सबै क्षेत्रमा बन्दको प्रभाव परेको थियो ।

 

बन्दको क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य देहज बिष्ट दलाल संसदीय ब्यबस्थाका मतियार हरुले गिरफ्तार गरेको थियो भने बन्दको अन्त्यमा नेकपाका केन्द्रिय सदस्य बिबेक कुमालले राष्ट्रहित विपरीत रहेको एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल पार्न सहयोग गर्नु हुने उदयपुर बासी उधोगी ब्यापारी ,बुद्धिजीवी ,यातायात ब्याबसायी,शौशिक संस्था प्रहरी ,पत्रकार नेताकार्यकर्ता लाई बिशेश धन्यवाद दिदै
राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता माथिको अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपको विरुद्ध नेपाल बन्दको आह्वान गर्नु परेको बताउदै कुनै पनि हालतमा राष्ट्रघाती एमसिसि सम्झौता अनुमोदन नगर्न दलाल सरकारलाई आह्वान गर्दै यदि जो कोहीले संसदमा एमसिसि सम्झौता गरि हाले नेकपाले थप सघषको कार्यक्रम लाउने र सडक बाटै एमसिसिको मतियारहरुलाई लखेटने चेतावनी दिएका छ्न ।

 

कार्यक्रममा मालेबाट रामप्रसाद चौलागाईं ,बैज्ञानिक समाजबादीबाट गोकुल चाम्लिङ र क्रान्तिकारी माओवादीबाट मोहनसिंह तामाङले एमसिसिको विरुद्धमा मनतब्य राखेका थिए भने कार्यक्रम संचालन नेकपा का उदयपुर सेक्रेटरी लक्ष्मण पौडेयालले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal