
नवलपरासी।एमसिसि सम्झौताको खारेजी माग गर्दै सडकमा टायर बाल्ने क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जना प्रहरीले नियन्त्रणमा लिएको छ।
त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टी नवलपरासी विषेश समिति सदस्य सुमन ज्ञावलि,नेकपा (क्रान्तिकारी माओवादी ) जिल्ला सेक्रेटरी छबिलाल खराल,प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्रि बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेललाई बर्दघाट प्रहरीले नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको छ ।
त्यस्तै एमसीसी बिरुद्धको आन्दोलनमा सार्वजनिक यातायात , शैक्षिक संस्था पसल लगायत बन्द छन् । लामो तथा छोटा दुरीका यहाँबाट छोड्ने गाडिहरु संचालनमा आउन सकेका छैनन् । सडकमा रहेका नीजि सवारी सधान र ट्रकहरु भने छिटफुट रुपमा संचालित छन् ।
बन्दकर्ताले ठाँउ ठाँउमा टायर बालेर अवरोध पु¥याएका छन् । त्यस्तै बन्दको अबज्ञा गरेको भन्दै दाउन्ने जंगल क्षेत्रमा एक भारतीय नम्बर प्लेटको ट्रकमा तोडफोड भएको छ । यु.पी ३६ टी ४७३३ नम्बरको भारतीय ट्रक र भुताहामा एक ट्रक तोडफोड् गरेको जनाइएको छ ।
विप्लव नेतृत्वको नेकपा सहित ६ दल र मोर्च को संयुक्त मोर्चाले एमसिसिको विरोध गर्दै आज नेपाल बन्दको आयोजना गरेको थियोे।