ट्रेन्डीङ्ग

नेपाल बन्दको पूर्वसन्ध्यामा कञ्चनपुरमा मसाल जुलुस

गणेश एसके,फाल्गुन ३ कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र नेकपा (क्रान्तिकारी) माओवादी दुई दलद्वारा अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै संयुक्त रूपले मंगलबार महेन्द्रनगरमा मसाल जुलुस निकालेका छन । फागुन ४ गते संयुक्त रूपमा पाँच दल र एक मोर्चा द्वारा घोषणा गरिएको नेपाल बन्दलाई सफल पार्न त्यसैको पूर्वसन्ध्यामा मसाल जुलुस निकालिएको हो ।

सो मसाल जुलुसको कोणसभालाई सम्बोधन गर्दै नेकपा विप्लव निकटका नेता वीरेन्द्र विकले एमसीसी परियोजना नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको सार्वभौमिकता को विरुद्धमा रहेको बताउँदै उक्त सम्झौता खारेज हुनुपर्ने बताए । देशको अस्तित्व रक्षाका गरिएको फागुन ४ गतेको बन्दलाई सफलताका साथ सम्पन्न गर्न आम व्यापारी,व्यवसायी,पेसाकर्मी, न्यायप्रेमी,देसभक्त,वामपन्थी सबै जनसमुदायमा बन्दलाई सफल पार्न उनले आह्वान गरेका छन ।

उक्त जुलुसमा राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर,नेपाल बन्द सफल पारौ,दलाल हरु होसियार, संसदीय व्यवस्था मुर्दाबाद जस्ता नारा सहभागी आन्दोलनकर्ताले लगाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal