ट्रेन्डीङ्ग

नेकपाद्वारा नवलपरासी र नवलपुरमा विविध कार्यक्रम गरि जनयुद्ध दिवस मनायो

परासी।नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीमा जनयुद्ध दिवसको अवसरमा सहिद पार्क सरसफाइ गरेको छ।२७ औं जनयुद्ध दिवसको अवसरमा जिल्लाको बर्दघाट नगरपालीका-१० भुताहा भानुगरमा रहेको सहिद पार्कमा सरसफाइ गरेको छ। सरसफाइ कार्यक्रममा जिल्ला तहका नेता,कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सहिदहरुको सम्झना र पार्कलाई संरक्षण गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम संचालन गरिएको पार्टी जिल्ला सचिव धिरजले जानकारी दिनुभयो।नेकपाले जिल्लामा पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक बस्तुम गरिएको मुल्यवृद्धि,एमसिसी खारेजी अभियान जस्ता कार्यक्रम गर्दै आएको छ।

त्यसैगरी पुर्वी नवलपरासी(नवलपुर)मा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

नवलपुरका पार्टी सचीव सितलको अध्यक्षमा भएको कार्यक्रममा नवलपुर/नवलपरासीका इन्चार्ज सरद ओलिको प्रमुख आथित्यतामा र युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं नवलपरासी नवलपुर इन्चार्ज अभिनासको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन धन बहादुर कुमालले गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलिले जनयुद्धको बाकी कार्यभार एकीकृत जनक्रान्ती मार्फत पूरा गर्ने बताउदै ।प्रचण्ड,बाबुरामले सहिद,वेपत्ता तथा घाइते योद्धाको सपनालाई धोका दिएको र राज्यले वेवस्था गरेको बताउनु भयो ।

ओलिले पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तीको कार्यदिशामा अगाडि बढ्दै राष्ट्रियताको सवालमा अगाडि बढ्न नेताकार्यकर्ता कार्यकर्तालाइ अपिल गर्नु भयो।उहाले एमसिसिको भण्डाफोर गर्दै पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि र भारतीय ज्यादतीका विरुद्ध निरन्तर जनतालाइ जागरुक बनाउन आग्रह गर्नु भएको थियो।कार्यक्रममा जिल्ला पार्टी विषेश समिति सदस्य बिश्वास ,सदस्य परिवार एवं सल्लाहकार संयोजक मंगलशेन लगायतको पार्टी र सहिदको बारेमा बोल्नु भएको थियो ।कार्यक्रम जनयुद्धका सहिद रामबहादुर अनमोल सहिद स्मृति भवनमा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal