ट्रेन्डीङ्ग

पार्टी भित्रको गलत प्रवृत्ति विरुद्ध खबरदारी गरौं:कांग्रेस महामन्त्री खनाल

सुनवल।नेपाली कांग्रेसका संविधानसभा सदस्य एवं लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले पार्टी भित्रको गलत प्रवृत्ति विरुद्ध खबरदारी गर्नुपर्न बताए।

 

 

नेपाली कांग्रेस निकट पेशागत संगठनको साझा संगठन नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीको ७ औं जिल्ला अधिवेशनको कार्यक्रममा महामन्त्री खनालले श्रम ऐनमा उल्लेख भएका व्यवस्थाहरुलाई लागु गर्नुपर्नेमा जोड दिएका थिए।

 

महामन्त्री खनालले संगठन प्रभावकारी बनाउन अधिकारी बढाउने कुरामा तल्लोतहबाटै नेतृत्वलाई खबरदारी गर्दै अगाडि बढ्नुपर्ने आग्रह गरेका थिए।

 

 

पार्टी भित्र म नभई हामी भन्ने भावमा सहित अगाडि बढ्नुपर्ने महामन्त्री खनालको भनाइ थियो।नवशामन्तवादको विरुद्धमा लाग्ने भन्दै पार्टीमा नेतृत्वले गर्ने गलत प्रवृत्तिको खबरदारी गर्नुपर्ने खनालले बताए।

 

 

 

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं सुनवल नगरपालिकाका सस्थापक नगरप्रमुख भिमबहादुर थापा(भरत),कुमार केसि,नेपाल ट्रेड युनियनका पुर्व उपाध्यक्ष अयोध्य यादव,जिल्ला कार्यबाहक सभापति बिक्रम यादव,महाधिवेशन प्रतिनिधि राधेश्याम पाठक,क्षेत्रीय सभापति माधव पाण्डे,शिक्षक संघ नवलपरासीका अध्यक्ष भोजराज चापागाईं लगायतले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

 

नेपाल टेड्र युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षतामा भएको कार्यक्रम ट्रेड युनियन कांग्रेस नवलपरासीका जिल्ला उपाध्यक्ष राजेश पाण्डेको स्वागत र युनियनका जिल्ला सचिव धर्म चापागाईंको संचालनमा भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?