ट्रेन्डीङ्ग

एमालेमा बैजनाथको नाम एकल सिफारिस गर्न अधिकाशंको माग,गैरेको चर्को विरोध

परासी।नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर दुईबाट वैजनाथ चौधरीको नाम सिफारिस गर्न खोजेपछि केही नेताहरुले विरोध जनाएका छन।


विशेषगरी एमाले नेता थानप्रसाद गैरेले वैजनाथ चौधरीको एकल सिफारिस गर्नुपर्ने कुरा उठेपछि विरोध जनाएका हुन । सो क्रममा केहीबेर पार्टी कार्यालय परासीमा तनावको अवस्था सृजना भएको थियो।


क्षेत्रीय कमिटिको बैठकमा एमाले जिल्ला अध्यक्ष लगायत अधिकांश वैजनाथ चौधरीको नाम एकल सिफारिस हुनुपर्ने पक्षमा देखिएपछि थानप्रसाद गैरे लगायतका गैरे पक्षधर मानिने सुनवल र परासी क्षेत्रका एमाले नेताहरु बैजनाथलाई रोक्ने प्रयासमा देखिएका हुन।


बैठकमा सुनवलका एमाले नेता कर्ण बहादुर सेनले वैजनाथ चौधरीको एकल सिफारिस गरेर चुनावमा जानुपर्ने प्रस्ताव राखेपछि थानप्रसाद त्यस्को विरुद्धमा उभिएका थिए।चौधरी एमालेमा थारु कलष्टरमा सिनियर नेता मानिन्छन भने यस क्षेत्रमा चुनाव जित्न सक्ने उम्मेद्धवारको रुपमा एमाले भित्र हेरिएको छ।

 

पार्टी एक भएर बलियो उम्मेदवार उठाउन खोज्दा जहिले पनि सुनवलका एमालेका नेता भनौदाहरुले गुटबन्दी गरेर हरेक काममा अड्को थाप्ने गरेको बैठकमा सहभागी एक नेताले गुनासो गरे ।

 

क्षेत्रिय कमिटिले चौधरी सहित श्याम बस्याल,भगौती यादव रुदल र सरिता पौडेलको नाम सिफारिसको तयारी गरेको बताइएको छ।

 

यस क्षेत्रमा एमालेका दुई जना केन्द्रिय सदस्यहरु भर्खरै मात्र निर्वाचित भएका छ्न।सुनवल नगर प्रमुख बिमला अर्याल र लक्ष्मी क्षेत्री।उनिहरुले पनि यसमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो कार्यकर्ताले गरेका छन।सधै गुटबन्दी गरेर पार्टी कहाँ पुग्ने होला ति कार्यकर्ताले भने।



एमालेको भर्खरै सम्पन्न महाधिवेशनमा पोखरेल समुहबाट उपमहासचिवमा पराजित चौधरी विकासवादी नेताका रुपमा चिनिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal