ट्रेन्डीङ्ग

अमेरिका केन्टकि च्याप्टरद्वारा नवकार्यसमितिलाइ सपथ ग्रहण

परासी । गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका केन्टकि च्याप्टरद्वारा शपथग्रहण, विदाई तथा धन्यवाद कार्यक्रम सम्पन्न गरेको छ ।

केन्टकि च्याप्टरका अध्यक्ष सुन्दरमणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष डिलु पराजुलीले सस्थाको स्थापना कालदेखिका प्रगति,सस्थाको महत्व,अवसर र चुनौतीवारे प्रस्ट पारेका थिए ।

उक्त कार्यक्रममा एनआरएनए अमेरिका क्षेत्रका डिआरसी पुरुशोत्तम बोहरा,निवर्तमान च्याप्टर अध्यक्ष केशवराज लोहनी,स्थानिय सस्था एनकेएका नव-निर्वाचित अध्यक्ष शान्त कुवर,नएसकेका अध्यक्ष वद्री दाहाल,सुदुरपश्चिम समाजका उद्दव उप्रेति, एनटीएका अध्यक्ष कुशेश्वर मन्डल र एनआरएन अभियान्ता साम्वा लामिछाने लयायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रमको अध्यक्ष सुन्दरमणी पौडेलले नवनिर्वाचित सम्पुर्ण कार्यसमितिलाई सपथ खुवाएका थिए साथै निवर्तमान कार्यसमितिलाई बिदाई गर्दै आगामी दिनमा सम्पुर्ण स्थानिय सस्थाहरुसग मिलेर काम गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

सस्थाका उपाध्यक्ष शरदवाबु ढकालले स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सन्चालन सचिव राम आचार्यले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?