ट्रेन्डीङ्ग

रास्वपा सासद गौतमलाई प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डाै।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड छन् । गौतम सहित अन्य चार देशका युवा राजनीतिज्ञ सँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’  अवार्ड जितेकी छन।

नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा,अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेका आयोजक वन योङ वर्ल्डले जनाएको छ । वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो ।

अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयरलगायत सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये पाँच जनालाई अवार्ड दिँदै आएको छ । सोविता गौतम नेपालकी सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा सर्ट लिस्टमा छनाेट भएकी हुन् ।

संस्थाले नेतृ गौतमलाई आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्रको रूपमा चिनाएको छ । संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञलाई यस्तो अवार्ड दिने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?