परासी।स्थानिय तहहरुले कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्न एक संस्थाले ध्यानकषर्ण गराएको छ।शिक्षाको लागि राष्ट्रिय अभियान संस्थाले कुल बजेटको २० प्रतिशतमा शिक्षामा लगानी गर्न आफ्नो माग राखेको छ।
सो संस्थाका जिल्ला समन्वय समिति नवलपरासी संयोजक शालिकराम पोखरेल पालिकाहरुमा ध्यानकर्षण पत्र बुझाउँदै नेपाल सरकारले विभिन्न मञ्चहरुमा गरेको प्रतिबद्धता बमोजिम उक्त माग राखेको बताएका छन।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवलाई अभियानका संयोजक पोखरेलले ध्यानकषर्ण पत्र बुझाउँदै १० बुँदे माग राखिएको जनाए।उनका अनुसार कोभिड-१९ बाट शिक्षामा परेको असर वा असमान्ता र सबैले शिक्षा पाउने कुराको सुनिश्चित्ता गर्न आवश्यक रहेको बताए।
शिक्षामा विश्वासनियता,पार्दर्शिता र दक्ष जनशक्ति सहित दक्ष संयन्त्रको विकास हुन आवश्यक रहेको उक्त अभियानले जनाएको छ।शिक्षालाई परिणममुखि बनाउँदै शिक्षाबाट कसैलाई पनि वञ्चित नगराउन संयोजक पोखरेले भने।यस्तै दिवा खाजालाई प्रभावकारी बनाउँदै माध्यमिक तहसम्म अनिवार्य निशुल्क शिक्षा,सिमान्तकृत समुदायका बालबालिकाहरुलाई विद्यालयमा निरन्तरता सार्वजनिक विद्यालयमा लगानी र शिक्षकहरुमा क्षमता अभिवृद्धि लगायतको कुरामा जोड् दिन माग राखिएको छ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल,जिल्ला समन्वय समिति पाल्पाले संचालन गरेको अभियानलाई नवलपरासीमा शालिकराम पोखरेलेलाई संयोजकको रुपमा जिम्मा लगाईएको छ।