परासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो।
जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल २८.५४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन।उक्त प्रतिशत सबै विषयमा उत्तीर्ण अंक ल्याएका विद्यार्थी हुन।अन्य विद्यार्थीलाई १ देखि सबै विषय लागेको छ।
सबै स्थानीय तहबाट ९२ सरकारी र ७६ निजी गरी कुल १६८ विद्यालय परीक्षामा सहभागी थिए । ति विद्यालयहरुबाट कुल ६ हजार ८२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा सबै विषयमा उत्तीर्ण अंक ल्याएका विद्यार्थीको संख्या १ हजार ९४९ छ।
कक्षा ९ मा पढ्न नपाउनेको संख्या १ हजार २०८ छ।बाँकी ३ हजार ६७० जना विद्यार्थीलाई ग्रेस माक्र्स दिएर उत्तिणर् गराइएको छ।ग्रेस माक्र्र्स दिएका कारण जिल्लाको एक निजी विद्यालयबाहेक अन्य कुनै पनि विद्यालय निलमा परेका छैनन।
ग्रेस माक्र्र्स नदिंदा केही स्थानीय तहका सामुदायिक विद्यालय र केही निजी विद्यालयसमेत निल हुने अवस्थामा रहेको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन।विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई निल गराउँदा समस्या हुने भएकाले ग्रेस माक्र्स दिएर उत्तीर्ण गराइएको शिक्षा शाखाका अधिकृतहरुले जनाएका छन् ।
केही पालिकाहरुले सबै विषयमा अनुत्तीर्ण भएका विद्यार्थीलाई समेत ग्रेस माक्र्स दिएर उत्तीणर् गराएका छन् । उत्तरपुस्तिका सबै स्थानीय तहहरुले आ-आफ्नै पालिकाको एकै स्थानमा परीक्षण गरेका थिए । शैक्षिक अवस्थालाई सुधार ल्याउन स्थानीय तहहरुले परीक्षा सञ्चालन गरेपनि नतिजामा भने सुधार आउन सकेको छैन । परीक्षाको नतिजाअनुसार अधिकांश विद्यार्थीहरु सबैभन्दा बढी गणित, विज्ञान र सामाजिक विषयमा अनुत्तीणर् छन् । पछिल्लो पटक सरकारी विद्यालयमा अंग्रेजी विषयमा समेत सुधार आएको देखिएको छ। समग्र नतिजा हेर्दा सामुदयिकतर्फ सुनवल नगरपालिका नतिजाको अगाडी देखिएको छ।
यस्तो छ जिल्लाको अवस्था
रामग्राम नगरपालिकाबाट १५ सरकारी र १६ निजी गरी कुल ३१ विद्यालय सहभागी भएका थिए । कुल १ हजार १७२ विद्यार्थी सहभागी कक्षा ८ को परीक्षामा ३०२ जना मात्र कुनै पनि विषय नलागी(उत्तिर्ण अंक ल्याएका) उत्तीणर् भएका छन् । ५२७ जनालाई ग्रेस माक्र्स दिएर उत्तीणर् गराइएको छ । ३४३ जना कक्षा ९ मा पढ्न नपाउने गरी अयोग्य भएको शिक्षा शाखाका शिक्षा अधिकृत सुन्दर खनालले जानकारी दिए । ग्रेस माक्र्स नदिंदा ३ सरकारी र १ निजी विद्यालय निलमा थिए । ग्रेस माक्र्र्स दिएपछि निल हुने विद्यालयको संख्या नदेखिएको हो । यो पालिकामा सबैभन्दा बढी गणित र अंग्रेजीमा अनुत्तीणर् हुने विद्यार्थीको संख्या बढी छ ।
सुनवल नगरपालिकाबाट १६ सरकारी र १५ निजी गरी कुल ३१ विद्यालय सहभागी थिए।कुल १ हजार ३७९ विद्यार्थी सहभागी भएको परीक्षामा ८१२ जना कुनै पनि विषय नलागी उत्तीणर् भएको शिक्षा शाखा प्रमुख विष्णु प्रसाद गोदामेले जानकारी दिए।५२५ जना अनुत्तीर्ण भएपछि स्थानीय तहहले पुन:परीक्षा(ग्रेडवृद्धिमार्फत)लिएको थियो।जसबाट ४२ जना कक्षा ९ मा पढ्न नपाउने गरी अयोग्य भएका छन।बाँकी विद्यार्थीलाई ग्रेस माक्र्स मार्फत उत्तीर्ण गराइएको हो।यो स्थानीय तहमा विज्ञान र गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढी छ।३२७ जना विज्ञान र ४९५ जना गणितमा अनुत्तीणर् भएको शिक्षा शाखा प्रमुख गोदामेले जानकारी दिए।सरकारी विद्यालयको अंग्रेजी विषय सुधारोन्मुख देखिएको छ।सरकारी विद्यालयका ७० प्रतिशत विद्यार्थी अंग्रेजी विषयमा उत्तीर्ण छन।
बर्दघाट नगरपालिकाबाट १७ सरकारी र १७ निजी गरी कुल ३४ विद्यालय परीक्षामा सहभागी थिए । कुल १ हजार ३८० विद्यार्थी परीक्षामा सहभागी भएकोमा विषय नलागी उत्तीणर् हुने विद्यार्थीको संख्या ४९६ रहेको शिक्षा शाखा प्रमुख लोकराज पंथीले जानकारी दिए । ६९९ जना ग्रेस माक्र्स दिएर उत्तीणर् गराइएको छ । कक्षा ९ मा पढ्न नपाउने गरी अयोग्य विद्यार्थीको संख्या १८५ रहेको छ । गतवर्षको तुलनामा यसवर्ष उत्तीणर् हुनेको संख्या बढी रहेको पंथीले जानकारी दिए । गतवर्ष १२ प्रतिशत विद्यार्थी विषय नलागी उत्तीणर् भएकोमा यसवर्ष ३६ प्रतिशत विषय नलागी उत्तीणर् भएको गोतामेको भनाई छ ।
पाल्हीनन्दन गाउँपालिकाबाट ७ सरकारी र ८ निजी गरी कुल १५ विद्यालय सहभागी थिए । कुल ६०१ जना विद्यार्थी सहभागी भएको परीक्षामा विषय नलागी उत्तीणर् हुने विद्यार्थीको संख्या १०२ जना रहेको शिक्षा शाखा प्रमुख प्रमोद यादवले जानकारी दिए । ग्रेस माक्र्र्स दिएर उत्तीणर् हुने विद्यार्थीको संख्या ४७४ रहेको छ । २५ जना कक्षा ९ मा पढ्न नपाउने गरी अयोग्य भएका छन् । एक निजी विद्यालय निल भएको छ । स्थानीय तहहले ७ परीक्षा केन्द्रमार्फत परीक्षा लिएको थियो।
सरावल गाउँपालिकाबाट १० सरकारी र ५ निजी गरी कुल १५ विद्यालय परीक्षामा सहभागी थिए । कुल ५९८ जना विद्यार्थी सहभागी भएको परीक्षामा ५९ जना मात्र विषय नलागी उत्तीर्ण भएको निमित्त शिक्षा शाखा प्रमुख प्रेम थापाले जानकारी दिए । ४०६ जनालाई ग्रेस माक्र्र्स दिएर उत्तीणर् गराइएको छ । १३३ जना कक्षा ९ मा पढ्न नपाउने गरी अयोग्य भएका छन् ।
प्रतापपुर गाउँपालिकाबाट १५ सरकारी र ८ निजी गरी कुल २३ विद्यालय परीक्षामा सहभागी थिए । कुल १ हजार ८२ विद्यार्थी सहभागी परीक्षामा १७८ जना विषय नलागी उत्तीणर् भएका छन् । ६६४ जनालाई ग्रेस माक्र्स दिएर पास गराइएको छ । १४० जना कक्षा ९ मा पढ्न नपाउने गरी अयोग्य भएको शिक्षा शाखा प्रमुख डिल्लीराम ढुंगानाले जानकारी दिए ।
सुस्ता गाउँपालिकाबाट १२ सरकारी र ६ निजी गरी कुल १८ विद्यालय कक्षा ८ को परीक्षामा सहभागी भएका थिए।कुल ६१५ जना विद्यार्थी सहभागी भएको परीक्षामा ३७५ जना उतिर्ण भएका छन।२४० जना कक्षा ९ मा पढ्न नपाउने गरी अयोग्य भएको शिक्षा शाखा प्रमुख चन्द्र बहादुर ठाडा मगरले जानकारी दिए।