ट्रेन्डीङ्ग

पार्टी निकट कर्मचारी नभएको भन्दै हाजिर गर्न नदिने सुनवल नगर प्रमुखको अडान

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रसाशकिय अधिकृतलाई नगर प्रमुख बिमला अर्याल हाजिर नगराउने भन्दै फिर्ता पठाएकि छन।




संघिय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले गत चैत २२ गते लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यलयमा कार्यरत रमेश गौतमलाई काजमा सुनवल पठाएको थियोे।तर कार्यलय हाजिर हुन गएका गौतमलाई नगरप्रमुख अर्यालले आफ्नो पार्टीको कर्मचारी नभएको भन्दै हाजिर गर्न दिएनन।

 

अर्यालले अन्य पार्टीले कर्मचारी खटाएकाले आफुले कुनै पनि हालतमा हाजिरी हुन नदिने बताएकी थिइन।

 

अर्यालले आर्थिक बर्ष असारसम्म पुरानै प्रसासकियलाई निरन्तर दिएर काम गर्ने वातावरण बनाउन सम्बन्धि मन्त्रालय समेत पहल गरेको बताउदै महिला नगरप्रमुख भएकै बिरोधि अनेकौं आरोप लगाएको कारण काम गर्ने वातावरण नबनेको बताइन।

 


नगर प्रमुख अर्यालले खोला ठेक्का लिने र नदिजन्य पदार्थको कारोबार गर्ने समुहले आफ्नो अनुकूलको प्रशासकिय अधिकृत ल्याएको आरोप लगाएकी छन।उनले यसअघि सरुवा भएका प्रशासकिय अधिकृतलाई आफुले भने बमोजिम काम नगरेको भन्दै सरुवा गरेकी थिइन उनले पार्टी भित्रबाट मात्रै नभएई बाहिरबाट पनि असहायोग भएकोले अब आफू अनुकूलको कार्यकारी ल्याउने दाबी गरिन।

नदिजन्य उत्खननको समुहलाई दोष लगाय पनि उनी आफैले ठाडो आदेशमा सुनवल नगरपालिकाको १२ औं नगरसभाबाट नारायनघाट-बुटवल सडक खण्डको निर्माण जिम्मा पाएको चिनियाँ कम्पनीलाई तुरिया खोला उत्खननको जिम्मा दिएकी छ्न।


सुनवल नगरपालिकामा विगत १० दिन देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरका सेवाग्राही समस्यामा परेका छन।नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनासमेत अधिकृत अभावमा प्रभावित हुँदै आएको छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा(वृद्ध)भत्ता,विद्यार्थी,सुत्केरी भत्ता,औषधि खरिद, विद्यालयका पाठ्यपुस्तक खरिद,कर्मचारीको तलब,निर्माण सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा पारिश्रमिकबाट वञ्चित हुनुका साथै विकास निर्माणका सम्पूर्ण काम तथा गतिविधि पूर्णरूपमा ठप्प छन।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकाको दैनिक कामकाज सञ्चालन,योजना सम्झौता,अनुगमनदेखि आर्थिक कारोबार पूर्णरूपमा ठप्प छ।कार्यालयको काममा ढिलाइ हुँदा नगरका सर्वसाधारण मारमा परेका छन।विकास योजनाका काम सुरु नहुँदा नगरपालिकामा आएको बजेटसमेत फिर्ता हुन्छ कि भनेर चिन्ता थपिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal