कलाकार राजु महोत्राको शव झुण्डिएको अवस्थामा फेला

English English Nepali Nepali

बुटवल।बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन।दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।


करिब ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?