ट्रेन्डीङ्ग

बर्दघाट नगरपालिकाको कृषि शाखामा किसानले लगाए ताला

मंसिर १३,नवलपरासी । बर्दघाट नगरपालिकाको कृषि शाखामा वडा नम्बर १३ का किसानले ताला लगाएका छन।
बर्दघाट १३ मा रहेको नवदुर्गा कृषक मुल समुहले मकै बिउका लागि लागत साझेदारीमा नगरमा बीउ माग गर्ने बिषयमा कृषी शाखा प्रमुख युवराज लम्सालले किसानलाई गालिगलौज साथ किसानहरुमाथी दुव्र्यवहार गरेकाले ताला लगाईएको सोही कृषक मुल समुहका सह सचिव बिनिराम पराजुलीले बताउनु भयो।

कृषि शाखा प्रमुख लम्साल सरले १३ नम्बर वडा कार्यालयमा गएर किसानहरुलाई पाच दिन सम्म कोठामा थुनेर आगो लगाउछु भनेर धम्कि दिनु भएछ कर्मचारी माथी पनि धाकधम्की सहित दुव्र्यवहार गरेकाले कृषी शाखा प्रमुख लम्साललाई नगरबाट हटाईनु पर्ने माग सहित किसानहरु आन्दोलनमा उत्रनु परेको बर्दघाट १३ का किसान नगदुर्गा कृषक मुल समितिका सचिव श्याम श्रेष्ठले बताउनु भयो।

लम्सालले दिएको अभिव्यक्तिले सबै किसानको मानमर्दन भएको र उनिमाथि कारबाही हुनु पर्ने र कृषी कार्यकालागि कृषि शाखा प्रमुखले किसानसग कुनै सहजीकरण नगरेको,कुहेको बीउ बितरण गरेको र पछि किसान सग खोसेर लगेकाले तत्काल प्रमुख लम्साललाई बर्दघाट नगरपालिकाको सेवा बाट हटाईनु पर्ने मागसहित समुहले उपप्रमुख मायादेवी पौडेललाई ज्ञापन पत्र बुझाएको छ।

 

हामीले साझेदारी रुपमा मकै खरिद गर्नका लागि किसान सग पैसा उठाएर आधा पैसा खातामा जम्मा गरेर कृषी शाखा प्रमुख सग कुरा गर्न जादा हाम्रो कुरा नसुनी उल्टै हामिमाथि ज्यान मार्ने धम्की सहित जाईलाग्नु भएछ “बर्दघाट १३ कै कृषक पिताम्बर पाण्डेले भन्नुभयो।बर्दघाट नगरपालिकाले बर्दघाट १३ लाई मकै पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal