
सागर पौडेल ,कात्तिक २८, सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ र रामग्राम नगरपालिका वडा नम्बर १४ को सिमानामा अबस्थित उत्तरायणि नदिमा मेला लाग्ने भएको छ ।
प्रत्येक बर्षको कात्तिक शुक्ल पक्षको चतुर्थीका दिन देखि मेला लाग्दै आएको यो बर्ष पनि मंसिर २ र ३ गते मेला लाग्ने भएको हो ।
कात्तिक शुक्ल पक्ष चतुर्थिको दिन देखि २ दिन लाग्ने मेला अबधिभर पुजापाठ गरिने उक्त समयमा उत्तरायणी नदिमा नुहाउनाले परिवारका सदस्यहरु निरोगी दिर्घायु तथा पुर्ण प्राप्त हुने बिस्वास गरिएको छ।परापुर्व कालदेखी नै मेला लाग्दै आए पनि प्रचारप्रसारको कमि हुदा अझ भक्तजनलाई थाहा नभएको श्री उत्तरायणी मेला तथा सास्कृतिक कार्यक्रम ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर थापाले बताउनु भयो ।
अध्यक्ष थापाले भने परापुर्व कालदेखी नै प्राकृतिक रुपमा रहि आएको उत्तरायणी नदि जुन ७०० मिटर उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर तर्फ बगेको छ। पुर्खाहरुको पालामा ठूलो संख्यामा मानिसहरुलाई हैजा रोग लागेको र त्यस ठाउमा पुजापाठ भजन मेला तथा नाचगान गरेकाले हैजा रोग निको भएको जनबिस्वास छ ।
उक्त ठाउँमा शिबको मन्दिर पनि रहेकाले साउन र शिबरात्रीमा हजारौ भक्तजनहरु पुजा गर्न आउने गर्दछन ।