
बिजय नेपाली,असोज १३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर–७, खाँचीकोटमा श्रीमानले ३५ वर्षिय श्रीमती सिता विकको लठ्ठीले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुजन विक्रम शाहले जानकरी दिएका छन ।
मंगलवार राती खाँचीकोटको म्युखोलामा दुवै जनाले मदिरा पिएर झगडा गरेको र मदिराकै नशामा म्यालको लठ्ठीले हिर्काएर हत्या गरेको उनको भनाई छ ।
विकका ३९ वर्षिय श्रीमान विष्णु विकलाई नियन्त्रमा लिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।