ट्रेन्डीङ्ग

एमालेको गण क्षेत्र मानिने मालारानिमा धक्का, जनप्रतिनिधी सहित ५० जना कांग्रेसमा प्रवेश

हलिम खाँन,असोज ५,अर्घाखाँची  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर २ मा वडा सदस्यको नेतृत्वमा ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

लामापोखरा र गहतेरामा भएको कार्यक्रममा वडा नम्बर २ का जनप्रतिनिधि लोक बहादुर कुँवरको नेतृत्वमा आज ५० जना नेकपा एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरेको मालारानी कांग्रेस संयोजक शोभाखर खनालले बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले अविर, खादा, माला लगाएर पार्टी प्रवेश गराएका हुन । पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्दै सभापति मुस्कानले ” अर्घाखाँची जिल्लालाई कांग्रेसको किल्ला बनाउछु ” भन्दै पार्टीमा प्रवेश गर्ने दाजुभाई दिदीबहिनीलाई उचित जिम्मेवारी दिने समेत बताए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला पार्टी सभापति बिष्णु प्रसाद खनाल मुस्कान, मालारानी कांग्रेस संयोजक शोभाखर खनाल, वडा नं. १ का पार्टी सभापति भरत थापा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा जिल्ला दौडाहामा रहेका सभापति बिष्णु मुस्कानले नेकपा एमाले लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै आएका छन ।

कार्यक्रम वडा नम्बर २ का कांग्रेस सभापति प्रभाव कुँवरको अध्यक्षता र प्रदिप गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?