ट्रेन्डीङ्ग

अमेरिकी परियोजना एमसिसि विरुद्ध पाल्पामा चार दल सडकमा

मुक्ति गैरे,असाेज ३,पाल्पा
अमेरिकी सुरक्षा हस्तक्षेप रणनीति परियोजनाकाे बाहिरी रुप विकास र सहयोगकाे नाम दिईएकाे एम सिसि सम्झौता नेपालकाे लागि राष्ट्रघाति,जनघाति रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी सहित देशै भरि संघर्षको कार्यक्रम संचालन गरिरहेकाे छ ।नेपाल कम्युनिस्ट पार्टी सहित चार दलले पाल्लामो तानसेन प्रदर्शन सहित विरोध सभाको कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी,राष्ट्रिय जनमाेर्चा,नेपाल,नेकपा (क्रान्तिकारी माअाेवादी),नेकपा(माले)ले संयुक्त रुपमा तानसेनकाे टुडिखेल देखि र्यालि शुरुआत गर्दै अान्दोलन चाेक तम्घास राेड लहरेपिपल,बिशालबजार मिलेनियम कलेज,हुलाक,जिल्ला प्रशासन कार्यलय,तेस्रो सडक,ठाडो गल्लि,नारननाथ,भिमेसेन मन्दिर हुदै पुनःटुडिखेलमा आएर विरोध सभामा परिणत भएको थियोे ।


विरोध सभाको अध्यक्ष राष्ट्रिय जनमाेर्चाका नेपाल,पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामिले गर्नु भएको थियोे भने कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे,अतिथिहरु नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला सचिव भुवन जिसि,नेकपा(क्रान्तिकारी माअाेवादि) पाल्पा जिल्ला ईन्चार्ज टीका राना,नेकपा(माले)का अध्यक्ष धनराज पाैडेल,नेकपा(क्रान्तिकारी माअाेवादि)का अग्रज नेता मानध्वज श्रेष्ठ,अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य नरमर्ति सिंजालि लगायतको उपस्थिति थियोे भने प्रमुख अतिथि अनिल किशोर घिमिरे,अतिथिहरु नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव भुवन जिसि,नेकपा(क्रान्तिकारी माओवादि)काे जिल्ला ईन्चार्ज टीका राना,नेकपा(माले)का जिल्ला अध्यक्ष धनराज पाैडेल तथा कार्यक्रमका अध्यक्ष राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष बिशालले एक स्वरमा एमसिसि सम्झौता राष्ट्रघाति,जनघाति भएका सम्झौताकाे प्रस्तावित धारा,उपधाराकाे विस्तृत व्याख्या गरेका थिए ।

व्याख्या गर्दै एकै राष्ट्रलाई विदेशीकाे गिद्दे दृष्टिकोणलाई ध्वस्त पार्न,लखेट्न सम्पूर्ण नेपाली जनता सडकमा अाउनु पर्ने बताए,वक्ताहरूले नेपाली केही दलाल नेताहरूले यसको संरक्षणमा याे सम्झौता ल्याएर सदनमा टेबुल गरेको प्रति अापत्ति जनाएका थिए यदि यसाे गरे नेपाली यी वर्तमानमा सत्तामा अासिन दलहरुलाई राजा ज्ञानेन्द्र शाहलाई जस्तै सत्ताबाट च्युत गरेर देश र जनताको रक्षा गर्ने सरकार बनाउने समेत चेतावनी दिए ।


यस्तै विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव भुवन जिसिले यी यस्तै बिषयहरुलाई समाधान गर्न र अहिले उत्पन्न परिस्थितिकाे सिर्जनाका बिषयमा २०७० साल देखि याे वर्तमान सत्ता असफल र दलालमा परिणत भएकोले आफुहरुले चलाएको एकीकृत जनक्रान्तिकाे अभियान सैद्धान्तिक रुपले पुष्टि भएको हुँदा यसको अन्त्य र देशको रक्षा भनेको वैज्ञानिक समाजवादले गर्ने भएकोले वैज्ञानिक समाजवाद कि पुँजीवादि संसदीय व्यवस्था भन्ने विषयमा जनमत संग्रह गरि वैज्ञानिक समाजवादलाई जिताउन समेत आग्रह गरे ।

उनलेे सम्पूर्ण सच्चा,बामपंथी,क्रान्तिकारीहरु एकीकृत जनक्रान्तिकाे वरिपरि गाेलबन्द हुन समेत अाह्वान गरे । कार्यक्रम संचालन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य मीन बहादुर आलेले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal