ट्रेन्डीङ्ग

वालिङ:गणेशमानको २५औँ स्मृतिमा विद्यार्थीलाई पोशाक वितरण

तोलाकान्त बगाले,वालिङ, ३ असोज।नेपाली काङ्ग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गणेशमान फाउण्डेसन काठमाडौँले गणेशमान स्मृति आधारभूत विद्यालय वालिङ ११ बिसौनीमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

फाउण्डेसनले विद्यालयका करिव ६५ जना विद्यार्थीलाई ट्रयाकसुट, टोपी, मोजा, गलबन्दी, जुत्ता वितरण गरेको हो । पोशाक वितरण कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खांँणले शैक्षिक गुणस्तर बृद्धि गर्नतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षाको विकास नभई अन्य विकास हुन नसक्ने भएकाले आधुनिक र प्राविधिक शिक्षामा जोड दिंदै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।उहाँले वालिङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधार्नका लागि ब्रिटिश काउन्सिलसित तीन वर्षका लागि सम्झौता भई काम शुरु भईसकेको जानकारी दिनुभयो ।

विद्यालयमा आवश्यक प्राविधिक तथा अन्य सहयोग नगरपालिकाले उपलब्ध गराउने उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षाले मात्रै विद्यार्थीको भविष्य उज्जवल हुने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य तथा नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, कांग्रेस पूर्व जिल्ला उपसभापति मुक्तिप्रसाद सुवेदी, काँगे्रस क्षेत्र नं. २ क का सभापति अर्जुनप्रकाश अर्याल, नेपाल शिक्षक संघका जिल्ला सभापति लक्ष्मीप्रसाद रेग्मी, कांग्रेस वालिङ नगर सचिव भुपराज बगाले,रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे,समाजसेवी शेषकान्त पुरी,लायन्स क्लबका एओजी चेतनारायण श्रेष्ठ,लायन्स क्लब अफ वालिङका अध्यक्ष चुत्रकुमारी थापा दुर्गा,एमाले वडा कमिटी अध्यक्ष झपटबहादुर थापा,राप्रपाका प्रतिनिधि ईन्द्रलाल शर्मा पौडेल,वडासदस्य चोलाकान्त पौडेल,नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष दिपेन्द्र क्षेत्री,नेविसंघ वालिङ नगर सभापति दिक्षान्तप्रताप खाँंण,अभिभावक रेखा झेँडीलगायतले बोल्नुभएको थियो ।

पछिल्लो समय विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार आएसंँगै विद्यालयमा विद्यार्थीको चाप बढ्दै गईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारकबहादुर थापा कृष्णले बताउनुभयो । अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रधानाध्यापक बविता खड्काले र सञ्चालन शिक्षिकाद्वय सुशीला श्रेष्ठ र प्रनिता अर्यालले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?