ट्रेन्डीङ्ग

म्यादी:युवा संगठन नेपालद्वारा प्रशासनमा धर्ना,सिडियो मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझायो

म्यादी संवाददाता। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन म्यादी ज्ञापन पत्र बुझाएको छ । संगठनले प्रधानमन्त्री कार्यलयलाई बोधार्थ गरि प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो ।

नेकपा र नेपाल सरकार बिच भयको ३ बुदे सम्झौता कार्यन्वयनको माग गर्दै युवा संगठन नेपाल म्याग्दीले, जिल्ला प्रशासन कार्यालयको गेटमा १ घण्टा धर्ना सहित जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौ ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टामुद्दाहरु तुरुन्त खारेज गर,राजनीतिक आस्थाका अधारमा बन्दी बनाएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर,जनमत संग्रहका लागि उचित वातावरण तयार गर जस्ता तीन बुद्दे माग उल्लेख्य गरेका छ्न।

नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको तीन बँदे सहमतिलाई कार्यान्वयन गरिएन भने अन्य सर्घषका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

संगठनले प्रशासन अगाडी करिब १ घण्टा धर्ना र ३ बुदे सम्झौता कार्यन्वयनको माग सहितको कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डकी ,धौलागिरी ब्युरो ईन्चार्ज ईन्द्र बिक्रम साउद (बिजयकुमार),युवा संगठन नेपाल म्याग्दीका अध्यक्ष नवीन ,उपाध्यक्ष उज्ज्वल केसी लगायतका युवाहरुको उपस्थिती रहेको थियो निकट श्रोतले बताएको छ ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?