ट्रेन्डीङ्ग

बाल दिवस:लायन्स क्लब अफ बुटबल सनराईजले शौक्षिक सामाग्री वितरण

दिपा पन्थ,भदौ २९ बुटवल । लायन्स क्लब अफ बुटबल सनराईज ले बाल दिबशको अबसरमा विभिन्न शौक्षिक सामाग्री वितरण गरेको छ । क्लबले सुस्त मनस्थिती बाल मन्दिर सैनामैना नगरपालिका ८ रामापुरका विद्यार्थीहरुलाई शौक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

लायन्स क्लब अफ बुटबल सनराईज अध्यक्ष लाएन्स शंकर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि क्लबका संस्थापक अध्यक्ष लाएन्स समुन्द्र श्रेष्ठ, विशिष्ट अतिथि सुस्त मनुष्ति बाल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवलाल पोखरेल अभिभाबक संघका अध्यक्ष राम प्रसाद अधिकारी, सदस्य जिबलाल पोखरेल, क्लबका कोषध्यक्ष लाएन्स त्रिभुवनपाण्डे , सदस्य थर्ड भिबि डिम्पल भण्डारी, लक्ष्मण पन्थ, जिवन पौड्याल बिमल केसी, बिकास पन्थि लगायत अभिभावक, शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो । क्लबका सेकेन्ड भिबि राजन पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमूख अतिथी श्रेष्ठले संस्थाको अवस्था देखेर आफू निकै भावुक भएको बताउदै यस संस्थाको विकासको लागि क्लबले सक्दो सहयोग गर्ने बताउनुभयो ।

व्यवस्थापन समितिका अध्यक्ष शिवलाल पोखरेल कार्यक्रममा संस्थाको विकासको लागि कुनै स्थानिय निकाएबाट सहयोग नभएको तर यस क्लबले निकै प्रसंसनिय कार्य गरेकोमा धन्यबाद दिनुभयो । शिक्षिका सुसिला पन्थले क्लबले संस्थाको समस्यालाई केही समाधान गरेको र आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमको संचालन संयोजक तथा क्लबका सचिव लायन्स अमर पन्थले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal