
मुक्ति गैरे, भदौ २७, पाल्पा ।
नेपाल कम्युनिस्ट पार्टी पाल्पाले तानसेन बजारमा र्यालि सहित विरोध प्रदर्शन गरेको छ ।
नेकपा पाल्पाले आज एमसिसि सम्झौता विरुद्ध तानसेनकाे माथिल्लो पेट्रोल पम्प तम्घास राेड हुदै विशाल बजार मिलेनियम क्याम्पस,जिल्ला हुलाक कार्यलय,जिल्ला प्रशासन कार्यलय,तेस्रो सडक,ठाडो गल्ली,नारनथान चाेक,भिमसेन मन्दिर,टुडिखेल(लखनचाेक-विरेन्द्र वाटिका) हुदै अान्दोलनचाेक सम्म र्यालि सहित विरोध प्रदर्शन गरेको थियो । र्यालिमा राष्ट्रघाति एमसिसी मुर्दावाद,अमेरिकी हस्तक्षेप बन्द गर,दलाल संसदीय व्यवस्था ध्वस्त गराैं,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका प्लेपकार्डहरु समेत प्रदर्शन गरिएको थियो।
प्रदर्शन लगत्तै अान्दोलनचाेकमा काेणसभामा परिणत भएको थियो । काेणसभालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले देश गम्भीर संकटमा फस्ने सम्भावना रहेको हुँदा पहिला देशलाई जाेगाउन अपिल गरेका थिए । साथै उनलेे देश रहे काँग्रेस एमाले माअाेवादि सबै बन्न पाईन्छ देश नरहे केही पनि बन्न नसकिने हुँदा देश जाेगाउन पहिला लाग्नु पर्ने बताए ।
अहिले देशमा एमसिसि परियोजना अन्तर्गत अमेरिकाले सैन्य हस्तक्षेप गरेर नवउपनिवेश लागु गर्न खाेजेकाेले यसलाई सम्पूर्ण नेपालीहरुले कार्यवन्यन एवम् पास गर्न दिनु हुदैन यसका विरुद्धमा हाम्रो पार्टीले संघर्षको कार्यक्रम घाेषणा गरेको हुँदा उक्त संघर्षका कार्यक्रमहरुमा सहभागीता सहित साथ दिन समेत अाग्रह गरेका थिए । यी सबै राजनीतिक समस्या समाधानका लागि वैज्ञानिक समाजवादी सत्ता मार्फत हल हुने भएको हुँदा वैज्ञानिक समाजवादी अान्दोलन अर्थात जनमत संग्रहमा जानुपर्ने उनलेे बताए ।
काेणसभाकाे कार्यक्रम संचालन जिल्ला जनसरकार प्रमुख नेपालले गरेका थिए भने अाकाशले एमसिसि विरुद्ध नारा समेत लगाउन अपिल गर्दै नारा समेत लगाएका थिए ।