![](https://safalpost.com/wp-content/uploads/2021/09/received_586814382339089.jpeg)
अनिल थारु, भदौ २३ , कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले बिजयनगरको भठनी ४ नम्बर र बाणगङ्गाको ओदरी बजारमा राष्ट्रघाती एमसिसिको खारेजको माग गर्दै कोणसभा सम्पन्न गरेको छ ।
उक्त विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गर्दै जिल्लाको पश्चिम भाग बिजयगरमा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा कपिलवस्तु र अर्घाखाँची जिल्ला इन्चार्ज पादम के.सी.( जुझारु )ले यो दलाल संसदीय व्यवस्थाले देशमा गरीब, पीडित,निमुखा सर्वहारा वर्गको हित विपरितको काममा अग्रसर रहेकाे बताएका छन । यो दलाल पूँजीवादको असफलताको कारण आज देशमा अनेकौं किसिमका समस्या र जटिलता उत्पन्न भएको उहाँ बताउँछन् ।
सरकारको आर्थिक अनियमितता , बेरुजु, भ्रष्टाचार र एमसिसि सम्झौता जस्ता जनताको हित विपरितको क्रियाकलापमा दृढता पूर्वक हाम्रो पार्टीले संघर्ष गर्ने बताउँदै हामीले वैज्ञानिक समाजवाद स्थापना गरी जनताको मुक्ति दिन चाहेको र यो समाजवादी आन्दोलन मा हातेमालो गर्न सम्पूर्ण न्याप्रेमी जनसमुदायमा आग्रह गरे ।
कार्यक्रममा थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय संयोजक संघ प्रसाद थारु(सुनिल ) लगायतले आफ्ना मन्तव्य राखेका थिए । सो प्रदर्शन कार्यक्रम शिवराज नगर कमिती इन्चार्ज पाबेलले सञ्चालन गरेका थिए ।
उक्त विरोध र्याली जिल्लाको बिजयनगर स्थित फरेनी चोक बाट भठनी ४ नम्बर चौतारीमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभा कार्यक्रममा व्यापक रुपमा स्थानीय युवा, समाजसेवी , बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाको अर्को कार्यक्रम बाणगङगा -११ ,ओदारी स्थित बजारमा एमसिसिको खारेजको माग गर्दै कोणसभा सम्प्नन्न गरेको छ । कोणसभालाई सम्बोधन गर्दै जिल्लाको पुर्बी भाग ओदारीमा मानव अधिकार सस्था तथा जनाधिकार अभियान नेपालका कपिलवस्तु संयोजक उमेश पौडेल ,जिल्ला सेक्रेटरी कमरेड कमल केसिले वर्तमान बिदेशबाट परिचालित सरकारले रास्ट्रघाती एमसिसि सम्झौता पास गर्ने अन्तिम तयारी गरेको छ ,यसैका विरुद्ध देशव्यापी कार्यक्रम घोषणा भएको जनाए ।
कोणसभामा मन्तव्य राख्दै केसि ले एमसिसि खारेज नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिनु भयो । कार्यक्रम संचालनमा बाणगङ्गा नगर सेक्रेटरी सेरमान थारुको र अखिल ( क्रान्तिकारी ) जिल्ला अध्यक्ष बिज्ञान क्षेत्री ,युवा संगठन नेपाल कपिलवस्तु का जिल्ला अध्यक्ष सागरको उपस्तिथि मा सम्पन्न भएको थियो ।