ट्रेन्डीङ्ग

अखिल क्रान्तिकारी कपिलवस्तुद्वारा जातीय विभेद विरुद्ध प्रदर्शन

साउन २४ कपिलवस्तु 
अखिल (क्रान्तिकारी ) कपिलवस्तुले शिक्षक संग राजनितिक छ्लफलका साथै जातीय विभेद विरुद्ध प्रदर्शन  गरेको छ ।

क्रान्तिकारीले जिल्लाको गोरुसिङ्गे स्थित बिधालयका शिक्षकहरु संग,बदलिदो राजनिति घटना, जनमत संग्रह ,बैज्ञानिक समाजवाद ,अबको शिक्षा नितिको बिषयमा छलफल गरेको जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीले बताउने भयो साथै छ्लफलमा शिक्षकहरुको सल्लाह सुझाव,जिज्ञासा रहेको थियो । छ्लफलमा उठेका बिषय माथी अध्यक्ष क्षेत्रीले प्रष्ट पार्नु भयो ।

आजै संगठनले जिल्लाको बुड्डी स्थित बजारमा पुर्वघोषित कार्यक्रम अन्तर्गत जातीय विभेद विरुद्ध प्रदर्शन गरेको छ । कार्यक्रम पार्टी नगर सेक्रेटरी सन्देस , अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सद्स्य ममता, उपाध्यक्ष संगीता ,सहसचिव करिस्मा लगायत जिल्ला सदस्य लगायतको सहभागी रहेको संगठन अध्यक्ष बिज्ञान क्षेत्रीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?