
परासी।सिटिजन बैंक परासी शाखाले रामग्राम-२ परासीमा स्थित पवन माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
ग्लोबल मनी वीकको अवसरमा बैंकले कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै बचत, लगानी तथा आर्थिक व्यवहारमा जिम्मेवारीको महत्वबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको शाखा प्रबन्धक मिना पाण्डेले जानकारी दिइन्।
कार्यक्रममा बैंकका कर्मचारी सुरेन्द्र यादव र रेक बहादुर रेश्मीले वित्तीय साक्षरता, बैंकिङ सेवाको प्रयोग तथा डिजिटल बैंकिङ प्रणालीका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विष्णु न्यौपानेले कार्यक्रममार्फत विद्यार्थीलाई वित्तीय साक्षरता र डिजिटल बैंकिङबारे उपयोगी जानकारी दिएकोमा बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई आर्थिक रूपमा सचेत बनाउन सहयोग पुग्ने बताए।











