ट्रेन्डीङ्ग

सामुदायिक विद्यालयका विद्यार्थीलाई जनता सम्झौता सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

सुनवल।पश्चिम नवलपरासीको भुमही-१२ मा रहेको जनता सम्झौता बचत तथा ऋण सहकारी लिमिटेडले सरस्वती पूजाको अवसर पारेर विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेको छ।

सहकारीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ११ वटा सामुदायिक विद्यालयमा नयाँ भर्ना भएका १ सय ९२ जना विद्यार्थीलाई कापी, कलम र इरेजर वितरण गरेको सहकारीकी उपाध्यक्ष देवकला खनालले जानकारी दिइन्।

सहकारीका अध्यक्ष डोलराज भण्डारीका अनुसार सञ्चालक समिति, उपसमिति, कर्मचारी तथा सेयर सदस्यहरूबाट विभिन्न अवसरमा संकलन गरिएका स्टेशनरी सामग्रीहरू सुनवल नगरपालिका–११, १२ र १३ (साबिक रामनगर गाविस) भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत नयाँ भर्ना भएका विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने तथा शिक्षामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले वितरण गरिएको हो।

विद्यालयगत रूपमा वितरण गरिएको शैक्षिक सामग्रीको विवरण यसप्रकार रहेको विद्यालयगत विद्यार्थी संख्या
१. जगन्नाथ मावि, भुमही – ३६ जना
२. धन्याचल महायज्ञ मा.वि., बडेरा – २१ जना
३. वाक्वाणी मा.वि., जर्गाह – १५ जना
४. वनदेवी आधारभूत विद्यालय, घिउडल्ला – २२ जना
५. धन्याचल महायज्ञ मा.वि. सेवा सदन ब्लक, बिचैयापुर – १५ जना
६. जय दुर्गे आधारभूत विद्यालय, भरौली – १७ जना
७. जनता आधारभूत विद्यालय, हर्कट्टा – १६ जना
८. बाबा बर्दगोरिया आधारभूत विद्यालय, केरवानी – २० जना
९. सार्वजनिक आधारभूत विद्यालय, मिश्रौली – २३ जना
१०. जनशक्ति आधारभूत विद्यालय, धुर्कोट – ५ जना
११. जय श्री आधारभूत विद्यालय, बेहोरे – २ जना

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal