ट्रेन्डीङ्ग

नवलपरासीमा एमालेका उम्मेदवार टुंगिए:क्षेत्र १ मा पाण्डेय, क्षेत्र २ मा यादव

परासी।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

 

पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रामप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ।पाण्डे सुस्ता गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। उनले पछिल्लो स्थानीय तह निर्वाचनमा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए।

 

त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट भगवतीप्रसाद यादव(रुदल)लाई उम्मेदवार बनाइएको छ।यादव हाल जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?