
सुनवल।महलपोखरी बहुउद्देश्यीय सहकारी संस्था लि. सुनवलको १७औं साधारण सभा तथा ७औं अधिवेशनले जीवन पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ।सनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पौडेलको नेतृत्वमा ९ सदस्य नयाँ सञ्चालक समिति चयन गरेको निर्वाचन मण्डलका सदस्यको उत्सव पौडेलले जानकारी दिए।
जसको उपाध्यक्षमा सोमप्रसाद पौडेल, सचिव समीक्षा सिन्जापती र कोषाध्यक्ष मिना शर्मा ढकाल चयन भएका छन। त्यस्तै सदस्यहरूमा खिमानन्द न्यौपाने (दिपक), टेकप्रसाद न्यौपाने, प्रतिभा कार्की क्षेत्री, देवीप्रसाद घिमिरे र कृष्णप्रसाद नाउँ निर्वाचित भएका छन्।
त्यसैगरी लेखा समितिको संयोजकमा खड्कबहादुर राना र सदस्यहरूमा प्रशुराम चापागाई तथा शिवकुमारी क्षेत्री मनोनित भएका छन।
अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्ययोजना, लेखा प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदनलाई सर्वसम्मत पास गरेको छ।प्रतिवेदन पारितसँगै संस्थाले वित्तीय पारदर्शिता, सदस्य सेवाको विस्तार तथा आगामी वर्षका विकास योजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।











