ट्रेन्डीङ्ग

सुनवल बडेरामा जारि तेश्रो लोक सांस्कृतिक महोत्सव ४ दिन थप

सुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरा सुन्दरबस्तीमा जारी तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव थप चार दिनका लागि लम्ब्याइएको छ।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा असोज २३ गतेदेखि संचालित महोत्सव दर्शकको मागअनुसार कात्तिक ६ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानकी अध्यक्ष श्यामकला भण्डारीले जानकारी दिइन।

 

महोत्सवमा लोकदोहोरी प्रतियोगितासँगै लोकगीत, लोकनृत्य, बाल उद्यान, विभिन्न जातजाति र भाषाभाषीको सांस्कृतिक प्रदर्शनजस्ता कार्यक्रम प्रमुख आकर्षण बनेका छन्।

 

लोकसंस्कृतिको संरक्षण र नवलपरासीका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्नुका साथै निर्माणाधीन लोक सांस्कृतिक संग्रहालयका लागि सहयोग जुटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको मेला व्यवस्थापन संयोजक राजकुमार श्रेष्ठले बताए। संग्रहालय निर्माण कार्य सुनवल–११ मामी सतीसवरीयामा सुरु भइसकेको छ।

 

महोत्सवअन्तर्गत आयोजित खुला लोकदोहोरी प्रतियोगितामा म्याग्दी समूहले उपाधि हात पारेको छ। फाइनल प्रतिस्पर्धामा म्याग्दीले धादिङलाई पराजित गर्दै पहिलो स्थान हासिल गरेको हो।विजेता समूहले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने दोस्रो बनेको धादिङले ५० हजार रुपैयाँ पाएको अध्यक्ष भण्डारीले बताइन्।

 

तेस्रो स्थानका लागि नवलपरासी र काठमाडौंबीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएपछि दुवै समूहलाई तेस्रो पुरस्कार प्रदान गरिएको छ। तेस्रो स्थानका विजेताले ३१ हजार रुपैयाँ र सान्त्वना पुरस्कारको रूपमा २१ हजार रुपैयाँ प्रदान गरिएको बताइएको छ। प्रतियोगितामा कुल १६ टिम सहभागी रहेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal